• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


मन्त्री भुपेन्द्र राईको एकसय दिन, भन्छन् -मन्त्रालयको हनिमुन पिरियड सकियो, अब काम गर्ने पालो

मन्त्री भुपेन्द्र राईको एकसय दिन, भन्छन् -मन्त्रालयको हनिमुन पिरियड सकियो, अब काम गर्ने पालो

images

प्रभाव न्यूज

७ पौष २०८१
  • 4.3K
    SHARES
  • images
    मन्त्री भुपेन्द्र राईको एकसय दिन, भन्छन् -मन्त्रालयको हनिमुन पिरियड सकियो, अब काम गर्ने पालो
    images
    images
    images

    कोशी प्रदेशको बजेट पुनरवलोकनको सम्भावना नरहेको भौतिक पूर्वाधार तथा विकास मन्त्री भुपेन्द्र राईले बताएका छन्।

    images

    आइतबार पत्रकार सम्मेलन गर्दै मन्त्री राईले बजेट कार्वान्वयनमा अघि बढिसकेको हुँदा पुनरवलोकन हुने सम्भावना नभएको बताए। प्रदेशको बजेट पुनरवलोकनका लागि सत्तामा रहेका दुई दलबीचको संयन्त्रले निर्णय गरेको थियो।

    दुई दलीय संयन्त्रको बैठकले कोशी प्रदेशको चालु आर्थिक वर्षको बजेट पुनरवलोकनका लागि प्रदेश सरकारलाई निर्देशनसमेत दिएको थियो।

    प्रदेशका स्वास्थ्यमन्त्रीसमेत रहेका राईले पत्रकार सम्मेलनमा एकसय दिनको उपलब्धि सुनाएका थिए।

    images

    यसक्रममा उनले स्थलगत सडक निर्माण अनुगमनदेखि पुल स्थानान्तरणसम्मको कार्यलाई प्रगतिको रुपमा राखेका छन्।

    images

    पत्रकार सम्मेलनमा उनले भने, ‘मैले एकसय दिनमा सकेको जतिको काम प्रस्तुत गरेको हुँ। अब प्रदेश सम्मुन्त गर्न बाँकी नै छ। मन्त्री भएपछि नदी तथा खोलाहरूमा रहेका झोलुङ्गे पुल जिक पक्की पुल निर्माण भई प्रयोगविहीन तथा जीर्ण भएका झोलुङ्गे पुलहरू स्थानान्तरण गर्ने निर्णय भएको छ।

    हामीबीच असोजमा गएको विपद्को क्षतिको विवरण ठूलो छ। कोशी रिफ्रेसमेन्ट निर्माणलाई अघि बढाउन निजी क्षेत्रको सहयोग र लगानी सम्मेलनको तयारीमा छौँ।’

    पत्रकार सम्मेलनमा उनले विपद्‌बाट समग्रमा ४ अर्ब ६३ करोड रुपैयाँ बराबरको क्षति भएको जानकारी दिए।

    उनका अनुसार विपद्का कारण क्षति भएका पहाडी क्षेत्रका सडक, पुल, झोलुङ्गे पुलको विवरण संकलन गरिएको हो।

    उनले भने, ‘असोज १० गते गएको भीषण वर्षाले झापाको बिरिङ खोला पक्की पुल, पाँचथरको हेवा खोला र फेमे खोला पक्की पुल, खोटाङ र उदयपुर जोड्ने दुधकोशी फोक्सिंङटार पक्की पुल, धाप्लांगघाट, बन्सिलाघाटलगायतका स्थानको निरीक्षण गरियो।

    भौतिक संरचनामा धेरै क्षति भएको छ।’ पत्रकार सम्मेलनमा मन्त्री राईले प्रादेशिक सडक सञ्जाल सूची तयार पारेको बताए।

    जसमा प्रादेशिक सहायक लोकमार्गअन्तर्गत ९६ वटा सडक र प्रादेशिक मार्गअन्तर्गत २ सय ८९ वटा सडक पहिचान गरिएको छ।

    images
    images

    प्रकाशित :पौष ७, २०८१ आइतवार - २०:१३:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij