• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु

images

प्रभाव न्यूज

७ पौष २०८१
  • 4.3K
    SHARES
  • images
    टिकटक बनाउने क्रममा लडेर शिक्षिका र विद्यार्थीको मृत्यु
    images
    images
    images

    विराटनगर - खोलामा टिकटक बनाउन खोज्दा तेह्रथुममा दुई जनाको मृत्यु भएको छ ।

    images

    शनिबार तेह्रथुमको मेन्छ्यायेम गाउँपालिका-५ मा रहेको गौखुरी माध्यमिक विद्यालयकी नर्स शिक्षिका रविना राजवंशी र सोही विद्यालयमा कक्षा ७ मा अध्ययनरत १२ वर्षीया छात्रा सुस्मिता भटराईको मृत्यु भएको हो ।

    शनिबार विद्यार्थीसहितको टोली खोरुङ्गा खोलामा नुहाउन गएको थियो । नुहाउने क्रममा मृतक दुईसहित अर्की एक विद्यार्थी टिकटक भिडियो बनाउने भन्दै हिंडेका थिए । भिडियो बनाउने क्रममा दुई जना खोचमा खसे ।

    दुई जना खोचमा खसेको खबर सँगै गएका विद्यार्थीले ल्याएका थिए ।खोंचमा खसेका कारण दुवै जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तेह्रथुमका डीएसपी चिनिमाया तामाङले बताइन् । उनका अनुसार फोटो भिडियो खिच्ने क्रममा लडेको देखिन्छ ।

    images

    ‘खोलामा नुहाउने क्रममा दुई जना विद्यार्थी र शिक्षिका अलिक पर जानु भएको रहेछ, दुई जना लडेको खबरसँगै जानेले विद्यार्थीले ल्याउनु भएको थियो’, उनले भनिन, ‘सँगै जाने विद्यार्थी विछिप्त भएका कारण सबै कुरा खुलिसकेको छैन ।’

    images

    images
    images

    प्रकाशित :पौष ७, २०८१ आइतवार - ११:१४:३०

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij