• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अन्तरक्रिया कार्यक्रम सम्पन्न

खोटाङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अन्तरक्रिया कार्यक्रम सम्पन्न

images

प्रभाव न्यूज

६ पौष २०८१
  • 5.2K
    SHARES
  • images
    खोटाङमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना अन्तरक्रिया कार्यक्रम सम्पन्न
    images
    images
    images

    खोटाङ, ६ पुष - खोटाङमा कोशी प्रदेश अन्तरगत सामाजिक विकास मन्त्रालय, स्थानीय तह र करुणा फाउण्डेशन नेपालको साझेदारीमा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन प्रक्रिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कोशी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई ‘पीके’ को अध्यक्षतामा भएको कार्यक्रममा खोटाङ र उदयपुर जिल्लाका सबै स्थानीय तहका उपप्रमुख र महिला शाखा प्रमुखहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

    images

    सामाजिक विकास मन्त्रालय कोशी प्रदेश बिराटनगरको आयोजना तथा करुणा फाउण्डेशन नेपाल र राष्ट्रिय अपाङ्ग महासंघ नेपाल कोशीको सहकार्यमा हलेसी तुवाचुङ नगरपालिस्थित अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको मन्त्री राईका प्रमुख स्वकीय सचिव कमल पुरीले बताउनुभयो । जन्मजात हुने अपाङ्गता रोकथाम गर्न अपाङ्गता भएको व्यक्तिसहितको समावेशी समाज निर्माण गर्न करुणा फाउण्डेसनले विभिन्न कार्यक्रमहरु गरिरहेको करुणा फउण्डेसनको संयुक्त जिल्ला कार्यलयको संयोजक मनोज पौडेलले जानकारी दिनुभयो ।

    कार्यक्रलाई सम्बोधन गर्नुहुँदै मन्त्री राईले “अपङ्गता भएका ब्यक्तिहरुको पहुँच वृद्धि गर्न र जिवनस्तर उकास्न प्रविधि मैत्रि सहायक सामाग्रीहरु बनाएर प्रदान गर्न सुझाव दिनुभएको छ । गाउँ–घरमा यस्ता अपाङ्गता भएको व्यक्तिहरूको तथ्याङ्क सङ्कलन गरी र उनिहरुको पहिचान गरी जिविको पार्जन तथा आयआर्जन टेवा पुग्ने कार्य गर्नका लागि पनि मन्त्री राईले स्थानीय तहका उपप्रमुखहरुलाई आग्रह गनुभयो ।” मन्त्री राईले भन्नुयो, “ अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम स्थानीय सरकारको घर–घरमा पुगेकाले पनि फलदायी बनेको छ । तीन तहले गरेको कार्यक्रम सरकारको काम कतव्र्य तथा कार्य क्षेत्र भित्र रहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापनाका लागि कोसे ढुङ्गा सावित बनेको छ ।”

    सामाजिक विकास मन्त्रालयका महाशाखाकी प्रमुख दुर्गा भण्डारी बरालले कार्यक्रमको विषयमा प्रकास पार्नुभएको थियो । ‘समाजमा रहेका अपाङ्ग व्याक्तिहरुलाई हेला नगर्न समेत आग्रह गर्नुभएको छ ।’ अपाङ्गताका लागि नीतिगत ब्यवस्थाहरु भएका भएपनि उनीहरुको रोजगारमा पहुँच हुन नसकेका कारण राष्ट्रिय आयमा योगदान पु¥याउन नपाएको महाशाखा प्रमुख बरालको भनाइ रहेको छ । गत ३ मंसिरमा सोलुखुम्बु र ओखलढुङ्गामा अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रम सञ्चालन प्रक्रिया विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो । करुणा फाउण्डेसन नेपालले अपाङ्गता भएका व्यक्ति, महिला बालबालिकालाई केन्द्रमा राखेर कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ ।

    images

    अन्तरक्रिया कार्यक्रममा कोशी प्रदेशका सामाजिक विकासमन्त्री राई, महाशाखा प्रमुख बराल, प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की, करुणा फाउण्डेसनका वरिष्ठ व्यावस्थापक रुपा सिवाकोटी, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका उपप्रमुख विशन राई, केपिलासगढी गाउँपालिकाका उपप्रमुख गुरुराज राई, बराहपोखरी गाउँपालिकाका उपप्रमुख भुवलराज राई, दिप्रङ चुइचुम्मा गाउँपालिकाका उपप्रमुख अरुणा थापा मगर, उदयपुरको बेलका नगरपलिकाका उपप्रमुख जिरा राई, चौडण्डीगढी गाउँपालिकाका उपप्रमुख मनिका दुलाल, कटारी नगरपालिकाका नगरउपप्रमुख गिता खड्का, ताप्लि गाउँपालिकाका उपप्रमुख धना मगर, रौतामाई गाउँपालिकाका उपप्रमुख भूपेन्द्र थापा र उदयपुरगढी गाउँपालिकाका उपप्रमुख जितबहादुर खड्काले नगरपालिका तथा गाउँपालिकाले गरिरहेको अपाङ्गता रोकथाम तथा पुनःस्थापना कार्यक्रमका बारेमा आ–आफ्नो धारणा राख्नुभएको थियो ।

    images

    images
    images

    प्रकाशित :पौष ६, २०८१ शनिवार - १८:३०:५३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij