• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस

काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस

images

प्रभाव न्यूज

६ पौष २०८१
  • 4.1K
    SHARES
  • images
    काठमाडौं महानगरद्वारा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस
    images
    images
    images

    काठमाडौं, ६ पुस -काठमाडौं महानगरपालिकाले प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँलाई कारबाहीको सिफारिस गरेको छ ।

    images

    काठमाडौं महानगरपालिकाको आधिकारिक नक्सा पास प्रणाली भन्दा बाहिर गइ नक्सापास स्वीकृति दिएको पाइएपछि उनलाई कारबाहीको लागि सिफारिस गरिएको महानगरले जनाएको छ ।

    काठमाडौंको पुरानो बसपार्कमा निर्माणाधीन भ्यू–टावरको नक्सा पास प्रक्रियामा उनको अस्वभविक चलखेल देखिएको महानगरले बताएको छ ।

    ‘सो भवनको नक्सा हालसम्म स्वीकृत भएको छैन । भवन निर्माणको नक्सा पास कागजातको अनुमतिपत्रमा प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले आधिकारिक प्रणालीबाट प्रक्रिया नै पूरा नगरी नक्सा स्वीकृत गरेको देखिन्छ ।

    images

    यस विषयमा थप छानविन गरी नियमविपरीत कार्य गर्ने जो कसैलाई कानुनबमोजिम कारबाही प्रक्रियाका लागि सम्बन्धित निकायसमक्ष सिफारिस गरिन्छ,’– महानगरका प्रवक्ता नविन मानन्धरले भने ।

    images

    images
    images

    प्रकाशित :पौष ६, २०८१ शनिवार - ०९:१५:२८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij