• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


एकाविहानै बाजुरामा पाँच रेक्टरको भूकम्प, मानिसको भागरेभाग

एकाविहानै बाजुरामा पाँच रेक्टरको भूकम्प, मानिसको भागरेभाग

images

प्रभाव न्यूज

६ पौष २०८१
  • 4.1K
    SHARES
  • images
    एकाविहानै बाजुरामा पाँच रेक्टरको भूकम्प, मानिसको भागरेभाग
    images
    images
    images

    काठमाडौं, पुस ६-बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिकाको गोत्री केन्द्रविन्दु बनाएर पाँच दशमलव २ रेक्टर म्याग्नेच्युडको भूकम्प गएको छ ।

    images

    भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार आज बिहान ४ बजेर १४ मिनेटमा भूकम्प गएको हो । भूकम्प गएपछि जिल्ला सदरमुकाम मार्तडीमा स्थानीय घरबाहिर निस्केका छन्। पुनः भूकम्प आउने डरले स्थानीय त्रासमा रहेका छन्। भूकम्प गएपछि के कति क्षति भयो भन्नेबारेमा यकिन हुन सकेको छैन ।

    यसअघि पुस ४ गते मनाङको नेस्याङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पको धक्का मनाङ आसपासका जिल्लामा समेत महसुस गरिएको थियो ।

    त्यसअघि गत बुधबार मात्र बझाङको धामेना आसपास केन्द्र बनाएर ४.१ रेक्टर स्केलको भूकम्प गएको थियो भने यही स्थानलाई केन्द्र बनाएर मंगलबार पनि ४.३ रेक्टर स्केलको भूकम्प गएको थियो ।

    images

    images
    images

    प्रकाशित :पौष ६, २०८१ शनिवार - ०९:१२:१३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij