• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै

एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै

images

प्रभाव न्यूज

६ पौष २०८१
  • 8.3K
    SHARES
  • images
    एनपीएल उपाधिका लागि आज सुदूरपश्चिम र जनकपुर भिड्दै
    images
    images
    images

    काठमाडौं, पुस ६ - नेपाल प्रिमियर लिगको उपाधिको लागि आज सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन् ।

    images

    आजको खेल दिउँसो सवा १२ बजेदेखि सुरु हुनेछ। उपाधि भिडन्तअगाडि सुदूरपश्चिम र जनकपुरबीच भएका दुई वटा प्रतिस्पर्धा सुदूरपश्चिमले जीत हात पारेको थियो ।

    सुदूरपश्चिमले जनकपुरलाई लिगमा ७३ रन र पहिलो क्वालिफायरमा ८ विकेटको फराकिलो अन्तरले हराएको थियो। आन तेस्रोपल्ट यी दुई टोली आमनेसामने हुँदै छन्। दीपेन्द्रसिंह ऐरीले कप्तानी गरिरहेको सुदूरपश्चिम जारी एनपीएलकै सबैभन्दा लयमा रहेको टिम हो ।

    यता, जनकपुर पनि सन्तुलित टिमका रुपमा देखिएको छ । लिगमा जनकपुरको कप्तानी अनिल साहले गरेका थिए । अहिले चोटका कारण टिमको कप्तानी आसिफ सेखले गरिरहेका छन् ।

    images

    उपाधि भिडन्तमा जनकपुर यसअघि प्राप्त नमिठो हारको बदला लिने उद्देश्यसहित मैदान उत्रने छ । उता सुदूरपश्चिम सोच आफ्नो लयलाई कायम राख्दै उपाधि हात पार्ने दाउमा छ ।

    images

    images
    images

    प्रकाशित :पौष ६, २०८१ शनिवार - ०९:०७:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij