• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


गाउँपालिका अध्यक्षले फुटाए जिल्ला प्रशासन कार्यालयको स्क्यानर

गाउँपालिका अध्यक्षले फुटाए जिल्ला प्रशासन कार्यालयको स्क्यानर

images

प्रभाव न्यूज

५ पौष २०८१
  • 7.0K
    SHARES
  • images
    गाउँपालिका अध्यक्षले फुटाए जिल्ला प्रशासन कार्यालयको स्क्यानर
    images
    images
    images

    गुल्मीको कालीगण्डकी गाउँपालिका अध्यक्ष बेद थापामगरले जिल्ला प्रशासन कार्यालयको स्क्यानर फुटाएका छन् ।

    images

    बिहीबार अपराह्न मगरले प्रशासन कार्यालयमा रहेको राहदानी फाँटको स्क्यानर फुटाएको प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले बताए ।

    थापाले कालिगण्डकी गाउँपालिका भूगोलको हिसाबले टाढा रहेकाले छुट्टै व्यवस्थाको माग राख्ने क्रममा आवेगमा आएर प्रशासन कार्यालयको स्क्यानर फुटाएको स्वीकारेका छन् ।

    थापालाई जिल्ला प्रहरी कार्यालय गुल्मीले केहीबेर नियन्त्रणमा लिएको थियो ।

    images

    त्यसपछि उनलाई लिखित रुपमा माफी मगाएर र क्षति भएको स्क्यानर मेसिन किनिदिन सहमत गराएर बिहीबार बेलुकी नै छोडिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक शंकर पोखरेलले बताए ।

    images

    जिल्ला प्रशासन कार्यालयमा एउटा स्टेसनबाट राहदानीको आवेदन लिने काम हुँदै आएको छ । जसको क्षमता ४० जनासम्मको छ । तर पछिल्ला केही वर्षयता राहदानी लिनेको संख्या बढेपछि प्रशासनले टोकन प्रणाली र कार्यालय बाहेकको समयमा समेत सेवा दिने गरेको छ ।

    तर पनि सेवाग्राहीको भीड घटेको छैन । कालिगण्डकी गाउँपालिका विकट भएकाले त्यहाँका बासिन्दालाई प्राथमिकता दिनुपर्ने माग गाउँपालिका अध्यक्ष थापामगरले राखेका थिए ।

    त्यही विषयमा छलफल भइरहेका बेला उनी आवेगमा आएर स्क्यानर मेसिन नै फुटाइदिएको जिल्ला प्रशासन कार्यालयका एक कर्मचारीले बताए ।

    images
    images

    प्रकाशित :पौष ५, २०८१ शुक्रवार - ०९:३०:११

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij