• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


पिएल सिंहको निधनमा काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

पिएल सिंहको निधनमा काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने

images

प्रभाव न्यूज

१ पौष २०८१
  • 6.3K
    SHARES
  • images
    पिएल सिंहको निधनमा काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने
    images
    images
    images

    काठमाडाैँ महानगरपालिकाका पूर्व मेयर प्रेमलाल (पिएल) सिंहकाे निधनप्रति नेपाली काँग्रेसले तीन दिन आधा झण्डा झुकाउने भएकाे छ।

    images

    सामेबार बसेकाे पार्टीकाे केन्द्रीय कार्यसमितिकाे आकस्मिक बैठकले सिंहकाे निधनप्रति देशभर पार्टी कार्यालयमा पार्टीकाे झण्डा आधा झुकाउने निर्णय गरेकाे हाे।

    यस्तै बैठकले मंगलबार पाैष २ गते केन्द्र, प्रदेश तथा जिल्ला कार्यालयहरू बन्द गर्ने, स्वर्गारोहणको १३ दिनसम्म केन्द्र, प्रदेश र जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंमा शोक सभाको आयोजना गर्ने निर्णय पनि गरेकाे छ।

    ८८ वर्षीय सिंहको काठमाडौंको चाक्सीबारीमा गए राति १ बजे निधन भएको थियाे।उनकाे निधनले काँग्रेस मर्माहत र स्तब्ध भएको प्रेस विज्ञप्तिमार्फत काँग्रेसले बताएकाे छ।

    images

    काठमाडाैँ महानगरका प्रथम मेयर रहेका सिंह काँग्रेसका पूर्व केन्द्रीय सदस्य हुन् भने काँग्रेसबाटै पूर्व मन्त्री भएका व्यक्ति हुन्।

    images

    नेपालको प्रजातान्त्रिक आन्दोलनहरूमा संलग्न रहँदा उनले पटक–पटक जेल जीवनसमेत बिताएका थिए।Screenshot_20241216_152217_Facebook.jpg

    images
    images

    प्रकाशित :पौष १, २०८१ सोमवार - १५:२२:५६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij