• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो, तीन कसुरमा अभियोजन गर्न राय

रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो, तीन कसुरमा अभियोजन गर्न राय

images

प्रभाव न्यूज

१ पौष २०८१
  • 8.3K
    SHARES
  • images
    रवि लामिछानेविरुद्धको अनुसन्धान प्रतिवेदन बुझाइयो, तीन कसुरमा अभियोजन गर्न राय
    images
    images
    images

    काठमाडौं - कास्की प्रहरीले सहकारीको रकम अपचलन गरेको आरोपमा पक्राउ परेका रास्वपा सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान सकेर अनुसन्धान प्रतिवेदन सरकारी वकिल कार्यालय कास्कीमा बुझाएको छ ।

    images

    रायसहितको प्रतिवेदन सोमबार जिल्ला सरकारी वकिलको कार्यालयलाई बुझाइएको जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी डीएसपी वसन्त शर्माले जानकारी दिए ।

    प्रहरीले लामिछानेविरुद्ध सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अभियोजन गर्न राय दिएको छ ।

    कार्तिक २ गते पक्राउ परेका रवि लामिछानेलाई सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको कसुरमा प्रहरीले अनुसन्धान गरेको थियो ।

    images

    images
    images

    प्रकाशित :पौष १, २०८१ सोमवार - १५:१९:०२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij