• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा विजयी

पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा विजयी

images

प्रभाव न्यूज

२९ मंसिर २०८१
  • 5.4K
    SHARES
  • images
    पत्रकार महासंघ अध्यक्षमा निर्मला शर्मा विजयी
    images
    images
    images

    नेपाल पत्रकार महासंघको अध्यक्ष पदमा निर्मला शर्मा विजयी भएकी छन्।

    images

    मधेस प्रदेशबाहेक अन्य प्रदेशमा मत गणना सकिँदा उनले निकटतम प्रतिद्वन्द्वी रमेश विष्टलाई एक हजार १४४ मतान्तरले पछि पारेकी छन्। मधेसमा ७७२ मत खसेको छ जुन शर्माले लिएको अग्रताभन्दा कम हो।

    पछिल्लो मतगणनाअनुसार शर्माले ३ हजार ९ सय ७३ मत पाउँदा विष्टको पक्षमा २ हजार ८ सय २९ मत देखिएको छ। शर्मा नेपाल प्रेस युनियन र प्रेस चौतारी नेपालको संयुक्त प्यानलबाट अध्यक्षकी उम्मेदवार हुन्।

    अन्य पदाधिकारीमा पनि शर्माकै प्यानल अगाडि देखिएको छ।

    images

    शर्माको प्यानलबाट वरिष्ठ उपाध्यक्षमा दीपक आचार्य, महासचिवमा रामप्रसाद दाहाल लगायतका पदाधिकारीहरूले अग्रता लिइरहेका छन्।

    images

    नेपाल पत्रकार महासंघ केन्द्रीय कार्यालय सन्चारग्राममा विजय र्‍यालीको तयारी भैरहेको छ।

    अन्तिम मत परिणाम भने आइतबार मात्र औपचारिक रुपमा सार्वजनिक गर्ने तयारी छ।

    images
    images

    प्रकाशित :मंसिर २९, २०८१ शनिवार - २०:५६:१६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij