• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


लागु औषधसहित खोटाङमा एकजना पक्राउ

लागु औषधसहित खोटाङमा एकजना पक्राउ

images

प्रभाव न्यूज

२८ मंसिर २०८१
  • 6.7K
    SHARES
  • images
    लागु औषधसहित खोटाङमा एकजना पक्राउ
    images
    images
    images

    खोटाङ - खोटाङमा लागु औषधसहित एक जना पक्राउ परेका छन् ।

    images

    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्वर-२ सोल्मा घर भई वडा नम्बर-१ दिक्तेलबजारमा डेरा गरी बस्ने २५ वर्षीय सोमन राई पक्राउ परेका हुन्।

    प्रतिबन्धित लागु औषधको कारोवार गर्ने गरेको भन्ने विशेष सुचनाको आधारमा निगरानी गर्दै जाने क्रममा मंसिर २६ गते जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले राईको कोठाबाट लागु औषध फेला पारेको र निज राईलाई पक्राउ गरी लागु औषध मुद्दामा अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक मोहन पोखरेलले जानकारी दिए।

    राईको साथबाट लागु औषध गाँजा जस्तो देखिने वनस्पती ८२ ग्राम, प्रतिबन्धित लागु औषध ट्रामानिल लेखिएको ८ क्यापसुल फेला परेको पोखरेलले बताए ।

    images

    images
    images

    प्रकाशित :मंसिर २८, २०८१ शुक्रवार - १२:४१:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij