• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


बालेनले गरे गोल, काठमाडौंका जनप्रतिनिधिले कर्मचारीलाई हराए

बालेनले गरे गोल, काठमाडौंका जनप्रतिनिधिले कर्मचारीलाई हराए

images

प्रभाव न्यूज

२७ मंसिर २०८१
  • 4.8K
    SHARES
  • images
    बालेनले गरे गोल, काठमाडौंका जनप्रतिनिधिले कर्मचारीलाई हराए
    images
    images
    images

    काठमाडौँ : मैत्रीपूर्ण फुटबल खेलमा काठमाडौँ महानगरपालिकाका जनप्रतिनिधिको टिमले कर्मचारीको टिमलाई पराजित गरेको छ । महानगर प्रमुख बालेन्द्र शाह (बालेन) ले पनि एक गोल गरेका छन् ।

    images

    ३० औँ महानगर दिवसको अवसरमा बिहीबार सैनिक मुख्यालय भद्रकालीको फुटबल ग्राउण्डमा भएको खेलमा प्रमुख ११ र प्रमुख प्रशासकीय ११ को भिडन्त भएको हो । खेलमा प्रमुख ११ को टिमले ५ गोल र प्रमुख प्रशासकीय अधिकृत ११ को टिमले २ गोल गरे ।

    जनप्रतिनिधिको नेतृत्व मेयर बालेनले र कर्मचारीको नेतृत्व प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँले गरेका थिए ।

    उनीहरु दुवैले ६० मिनेटको पुरा अवधि खेले । महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले रेफ्रीलाई फुटबल दिएर खेल सुरु गराएकी थिइन् ।

    images

    महानगर दिवसका अवसरमा भोलि परम्परागत बाजा गुरु सम्मान, विद्यालयका विद्यार्थीस्तरीय हाजिरी जवाफ प्रतियोगिता र शिक्षक स्तरीय कविता बाचन प्रतियोगिताका विजेतालाई पुरस्कार तथा प्रमाण पत्र प्रदान गरिनेछ ।

    images

    मंसिर २९ गते शनिवार विहान ८ बजेदेखि सैनिक मञ्च टुँडिखेलमा औपचारिक कार्यक्रम हुनेछ । त्यस अवसरमा सबै वडाबाट सांस्कृतिक झाँकी प्रदर्शन हुनेछ । त्यसै अवसरमा विभिन्न क्षेत्रगत रुपमा योगदान दिने विभिन्न क्षेत्रका व्यक्तित्वहरुको सम्मान कार्यक्रम हुनेछ ।

    ९ बजेदेखि टुँडिखेल मैदानमा स्थानीय मौलिक परिकार तथा पेय पदार्थहरुको स्टल, एक वडा एक नमूना कार्यक्रमअन्तर्गत उत्पादित सामान तथा वस्तुको प्रदर्शनी हुनेछ । दिउँसो ३ बजेदेखि व्याण्ड तथा कलाकारहरुको सांगीतिक प्रस्तुति हुनेछ ।

    images
    images

    प्रकाशित :मंसिर २७, २०८१ बिहिवार - १६:०७:२५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij