• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


पाँचथर पुगेर प्रधानमन्त्री ओलीले विद्यार्थीका विषयमा गरे डरलाग्दो खुलासा !

पाँचथर पुगेर प्रधानमन्त्री ओलीले विद्यार्थीका विषयमा गरे डरलाग्दो खुलासा !

images

प्रभाव न्यूज

२७ मंसिर २०८१
  • 4.9K
    SHARES
  • images
    पाँचथर पुगेर प्रधानमन्त्री ओलीले विद्यार्थीका विषयमा गरे डरलाग्दो खुलासा !
    images
    images
    images

    पाँचथर - प्रधानमन्त्री केपी शर्मा ओलीले विद्यार्थी अनुत्तीर्ण हुनु अपराध भएको बताएका छन् ।

    images

    विद्यार्थी अनुत्तीर्ण हुँदा विद्यार्थीको भविष्य नै समस्यामा पर्ने भएकाले यसलाई अपराधका रूपमा लिनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।

    पठनपाठन प्रभावकारी हुन नसक्दा विद्यार्थी अनुत्तीर्ण हुने गरेको पाइएको बताउँदै प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर सुधारमा केन्द्रित हुन शिक्षक, विद्यार्थी तथा अभिभावकहरूलाई आग्रह गरे ।

    तेह्रथुमको आठराई गाउँपालिका–४ इवा आफूले कक्षा ४ सम्म अध्ययन गरेको प्रणामी माध्यमिक विद्यालयको नवनिर्मित भवनको आज उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले शैक्षिक गुणस्तर सुधार अनिवार्य भएको बताए ।

    images

    आफू प्रधानमन्त्रीमा नरहँदा विकास निर्माणका कार्य रोकिएको बताउँदै प्रधानमन्त्री ओलीले विकास निर्माणलाई निरन्तरता दिन, स्थिर राजनीतिक वातावरण बनाउन नेपाली कांग्रेस र नेकपा (एमाले) बीच सत्ता सहकार्य भएको बताए ।

    images

    उनले सरकारले विकास निर्माणमा अवरूद्ध योजनाहरूलाई द्रुत गतिमा अघि बढाउने बताए ।

    प्रधानमन्त्री ओलीले दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा निर्मित प्रणामी माध्यमिक विद्यालयको १८ कोठे भवनको उद्घाटन गरेका हुन् । उक्त भवन हालै निर्माण सम्पन्न भएको हो ।

    भवन निर्माणमा उक्त फाउण्डेसनले रू चार करोड ४९ लाख ६० हजार, कोसी प्रदेश सरकारले रू २१ लाख ४० हजार र आठराई गाउँपालिकाले रू ६९ लाख लगानी गरेका छन् ।

    प्रणामी माध्यमिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भीम घिमिरेका अनुसार पुरानो भवनमा पठनपाठन गर्न समस्या भएपछि प्रधानमन्त्री ओलीलाई विद्यालयले बजेटको पहल गरिदिन आग्रह गरेको थियो । प्रधानमन्त्री ओलीकै आग्रहका युम होङ गिल ह्युमन फाउण्डेसन दक्षिण कोरियाले मुख्य लगानी गरेपछि भवन निर्माण भएको घिमिरेले बताए ।

    कार्यक्रममा प्रतिनिधिसभा सदस्य सीता गुरूङ, कोसी प्रदेशका सामाजिक विकासमन्त्री पाँचकर्ण राई, नेपालका लागि दक्षिण कोरियाली राजदूत पार्क ते योङ, युम होङ गिल ह्युमन फाउण्डेसनका पार्क यु सुनलगायतको समेत उपस्थिति थियो ।

    images
    images

    प्रकाशित :मंसिर २७, २०८१ बिहिवार - ०९:३५:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij