• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


अस्पतालले भन्यो 'भर्ना हुनु' रविले भने 'मुटु दरो छ औषधि दिए हुन्छ'

अस्पतालले भन्यो 'भर्ना हुनु' रविले भने 'मुटु दरो छ औषधि दिए हुन्छ'

images

प्रभाव न्यूज

२६ मंसिर २०८१
  • 4.2K
    SHARES
  • images
    अस्पतालले भन्यो 'भर्ना हुनु' रविले भने 'मुटु दरो छ औषधि दिए हुन्छ'
    images
    images
    images

    कास्की - कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने स्वास्थ्यमा सुधार नआएपनि अस्पताल बस्न अस्वीकार गरेका छन् ।

    images

    वीरगन्जमा बयान सकेर आज पोखरा ल्याइएका लामिछानेलाई कास्की प्रहरीले स्वास्थ्य परीक्षणका लागि फिस्टेल अस्पताल पुर्याएको थियो ।

    अस्पतालका फिजिसियन डा‍‍‍.बसन्त ताम्राकारका अनुसार लामिछानेको रक्तचाप उच्च अवस्थामा छ ।

    आज भएको स्वास्थ्य परीक्षणकाक्रममा लामिछानेको सिस्टोलिक (माथि) १७० र डायस्टोलिक(तल) ११० रहेको पाइएको ताम्राकारले बताए ।

    images

    साथै लामिछानेको मुटुको चालमा समेत समस्या देखिएको छ ।

    images

    लामिछानेको रक्तचाप तथा इको परिक्षण गरिएको अस्पतालले जनाएको छ ।

    'लामिछाने जीको स्वास्थ्य अवस्था बिग्रिएको छ, रक्तचाप तथा मुटुको चालमा पनि अस्वभाविक देखिएको छ,' डा ताम्राकारले भने 'भर्ना गरेरै थप परिक्षण तथा उपचार गर्नुपर्ने अवस्था छ' ।

    चिकित्सकले अस्पतालमा भर्ना भएर उपचार गर्न भनेपनि लामिछानेले अस्वीकार गरेको बताए ।

    'यो अवस्थाका बिरामीलाई भर्ना गरि उपचार गर्नुपर्ने हो तर लामिछानेले आफू हिरासतमै औषधी सेवन गरेर आराम गर्ने बताउनु भयो', डा.ताम्राकारले भने ।

    लामिछानेलाई अस्पताल बस्न उनका परिवार तथा सचिवालयले समेत आग्रह गरेकाे थिए ।

    तर लामिछानेले 'आफ्नो मुटु दरो छ' भन्दै अस्पतालमा भर्ना हुन अस्वीकार गरेको स्वकीय सचिव अविनाश आचार्यले बताए ।

    लामिछाने केही औषधी लिएर अहिले कास्की प्रहरी हिरासतमा फर्किएका छन् ।

    images
    images

    प्रकाशित :मंसिर २६, २०८१ बुधवार - २०:००:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij