• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


काँग्रेस महामन्त्री थापाद्धारा नगरप्रमुख भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त

काँग्रेस महामन्त्री थापाद्धारा नगरप्रमुख भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त

images

प्रभाव न्यूज

४ मंसिर २०८१
  • 12.4K
    SHARES
  • images
    काँग्रेस महामन्त्री थापाद्धारा नगरप्रमुख भट्टराईको आमाको निधनप्रति दुःख व्यक्त
    images
    images
    images

    खोटाङ - नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका नगरप्रमुख तीर्थराज भट्टराईको आमा पदमकुमारी भट्टराईको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

    images

    महामन्त्री थापाले काँग्रेस खोटाङका महासमिति सदस्य सुमनबाबु आचार्यमार्फत शोक वक्तव्य पठाएर दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्नुहुँदै परिवारजनमा समवेदना प्रकट गर्नुभएको हो ।

    नगरप्रमुख भट्टराईको आमा पदमकुमारीको ८८ वर्षको उमेरमा उपचारका लागि राजधानी काठमाडौँ लैजानेक्रममा गत कात्तिक–२६ गते बाटैमा मृत्यु भएको थियो । कात्तिक–२५ गते बिहानदेखि मुटु दुख्ने रोगको बिरामी पर्नुभएकी पदमकुमारीको जिल्ला अस्पताल खोटाङमा उपचार सम्भव नभएपछि काठमाडौँ लैजानेक्रममा मृत्यु भएको हो ।

    अस्पतालले रिफर गरेपछि कात्तिक–२६ गते एम्बुलेन्समार्फत काठमाडौँ लैजानक्रममा आमा पदमकुमारीको भकुन्डेबेँसीस्थित बाटैमा मृत्यु भएको नगरप्रमुख भट्टराईका स्वकीय सचिव चिरञ्जीवी खतिवडाले जानकारी दिनुभएको छ ।

    images

    3-4-1024x678.jpg

    images

    मृतक पदमकुमारीको शव कात्तिक–२७ गते वडा नं. ७ दोर्पास्थित घरमा ल्याएर हिन्दु परम्पराअनुसार दाहसँस्कार गरिएको थियो ।

    तीन छोरा र चार छोरीकी आमा पदमकुमारीको उपचारका लागि काठमाडौँ लैजानेक्रममा बाटैमा मृत्यु भएपछि मृतक पदमकुमारीका परिवार शोकमा डुबेका छन् ।

    दोर्पास्थित आफ्नै घरमा बस्दै आउनुभएकी पदमकुमारीको सात छोराछोरीमध्ये नगरप्रमुख भट्टराई माहिलो छोरा हुनुहुन्छ। नगरप्रमुख भट्टराई काँग्रेस खोटाङका उपसभापतिसमेत हुनुहुन्छ ।

    नगरप्रमुख भट्टराईको आमा पदमकुमारीको दुःखद् निधन भएपछि नगरपालिका र नेपाली काँग्रेस खोटाङले दुःख व्यक्त गर्दै कात्तिक–२६ गते शोक वक्तव्य जारी गरेको थियो ।

    images
    images

    प्रकाशित :मंसिर ४, २०८१ मंगलवार - १७:४५:३६

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij