• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


श्री मावि बाँसबोटे लफ्याङको ६४ औँ वार्षिकोत्सव : तामझामका साथ मनाइयो

श्री मावि बाँसबोटे लफ्याङको ६४ औँ वार्षिकोत्सव : तामझामका साथ मनाइयो

images

प्रभाव न्यूज

१ मंसिर २०८१
  • 7.5K
    SHARES
  • images
    श्री मावि बाँसबोटे लफ्याङको ६४ औँ वार्षिकोत्सव : तामझामका साथ मनाइयो
    images
    images
    images

    खोटाङ -  दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङस्थित श्री माध्यमिक विद्यालय बाँसबोटेको ६४ औँ वार्षिकोत्सव मनाइएको छ । भलिबल तथा लोक नृत्य प्रतियोगिता, छात्रवृत्ति वितरण, विद्यार्थीको आँखा जाँच, रक्त समूह पहिचान, उत्कृष्ट शिक्षकलाई पुरस्कार लगायतका कार्यक्रम गर्दै कात्तिक–२६ गतेदेखि कात्तिक–२९ गतेसम्म विद्यालयको वार्षिकोत्सव मनाइएको हो ।

    images

    नगरपालिकाको अन्तर माविस्तरीय भलिबल प्रतियोगितामा सरस्वती मावि दिक्तेल प्रथम, दिक्तेल बहुमुखी क्याम्पस द्धितीय र सरस्वती मावि पाथेकाले तृतीय भएका छन् । भलिबलमा प्रथम, द्धितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यालयलाई क्रमशः नगद रु २० हजार, रु १५ हजार र रु दश हजारको साथमा ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष काजीमान राईले जानकारी दिनुभयो ।

    यस्तै, नगरस्तरीय लोक नृत्य प्रतियोगितामा ज्योती मावि जालपा प्रथम, सरस्वती माबिव पाथेका द्धितीय र चम्पावती मावि बुइपा तृतीय भएका छन् । लोक नृत्य प्रतियोगिताका विजेतालाई क्रमशः नगद रु २० हजार, रु १५ हजार र रु दश हजारको साथमा ट्रफी र प्रमाण–पत्र प्रदान गरिएको छ ।

    विद्यालय सेवा क्षेत्रभित्रका आधारभूत विद्यालयस्तरीय नृत्य प्रतियोगितामा सालपीदेवी आधारभूत विद्यालय प्रथम, शारदा आधारभूत विद्यालय द्धितीय र जनचेतना आधारभूत विद्यालय तृतीय भएका छन् । वार्षिकोत्सव समापनको प्रमुख अतिथि हलेसी तुवाचुङ नगरपालिकाका नगरप्रमुख विमला राई, लफ्याङका वडाध्यक्ष दिनेश घिमिरे, युवा नेता भीषण राई, पूर्ववडाध्यक्ष निर्मल राई लगायतले विभिन्न प्रतियोगिताका विजेतालाई पुरस्कार हस्तान्तरण गर्नुभएको हो ।

    images

    कार्यक्रमको पहिलो दिन शिक्षक शिवराज राई र गोपाल श्रेष्ठलाई उत्कृष्ट शिक्षकको रुपमा जनही नगद रु पाँच हजारसहित पुरस्कृत गरिएको कात्तिक–२८ गते नेपाल नेत्र ज्योती सङ्घ र आँखा उपचार केन्द्र दिक्तेलको सहयोगमा वडाका मावि र आधारभूत विद्यालयका विद्यार्थीको न्यून दृष्टि पहिचान गरिएको छ ।

    images

    परीक्षणका क्रममा पाँच विद्यार्थीलाई आँखाको उपचारका लागि सिफारिस गरिएको जनाइएको छ । यस्तै, नगर स्वास्थ्य शाखा र जिल्ला अस्पतालसँगको सहयोगमा १६७ जना विद्यार्थीको रक्त समूह पहिचानसमेत गरिएको विद्यालयका प्रधानाध्यपक पूर्णकुमार राईले जानकारी दिनुभयो ।

    कार्यक्रमको दौरान जिल्ला खेलकुद विकास समितिका अध्यक्ष रमेश राई ‘महेश’ले राष्ट्रिय सेवा दलको ५० औँ जुनियर डिभिजनका शिक्षार्थीलाई रु पाँच हजार प्रदान गर्नुभएको थियो । शिक्षक सेवाबाट अनिवार्य अवकाश पाउनुभएका रामधन राईलाई वार्षिकोत्सव समापनकै अवसरमा विदाईसमेत गरिएको छ ।

    वार्षिकोत्सव समापनको अवसरमामा विद्यालयमा स्थापना गरिएको ११ वटा अक्षयकोषबाट विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको अक्षयकोष व्यवस्थापन समितिका संयोजक एवम् शिक्षक यादवप्रसाद घिमिरेले जानकारी दिनुभयो । अक्षयकोषमा जम्मा भएको रकम वार्षिक १८ प्रतिशत ब्याज लगाएर नौँ प्रतिशत छात्रवृत्ति र नौँ प्रतिशत कोषमा जम्मा गर्ने गरिएको जनाइएको छ ।

    चन्दा सङ्कलन र अक्षयकोषबाट कक्षा–११ र १२ सञ्चालन गरिएको श्री माध्यमिक विद्यालय लफ्याङमा ३६१ जना विद्यार्थी अध्ययनरत रहेका छन् । वि.सं. २०१७ सालमा स्थापना भएको उक्त विद्यालयको वार्षिकोत्सवमा त्यहाँ अध्ययनरत छात्रछात्रालाई वडा कार्यालय लफ्याङले ट्र्याकसुटसमेत वितरण गरेको छ ।

    images
    images

    प्रकाशित :मंसिर १, २०८१ शनिवार - १८:१३:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij