खोटाङ – खोटाङमा सिकार खेल्न गएका केपिलासगढी गाउँपालिका–१ फेदी पिपिङका ५८ वर्षीय जगत प्रसाद राईको मृत्यु भएको छ ।
कार्तिक २१ गते साँझ ७ बजे फेदीको हात्तीढुंगे जंगलमा सिकार खेल्न गएका राईको मृत्यु भएको हो।
भरुवा बन्दुक पड्केको आवाज उनका आफन्तहरुले सुनेपछि जंगलमा गई हेर्दा जगतप्रसाद घट्नास्थलमै उतानो परेको र छातिबाट रगत बगी मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरी चौकी खार्ताम्छाबाट खटेको प्रहरी टोलीले घट्नास्थल सुरक्षित राखेको छ ।
घट्नाको थप अनुसन्धान तथा कानूनी प्रक्रियाका लागि बिहीबार बिहान जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक सञ्जु कार्कीको कमाण्डमा प्रहरी टोली घट्नास्थलतर्फ खटेको छ ।