• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


दिक्तेल–गाईघाट जोड्ने फोक्सिङटारमा १२० मिटर लामो बेलिब्रिज बन्ने

दिक्तेल–गाईघाट जोड्ने फोक्सिङटारमा १२० मिटर लामो बेलिब्रिज बन्ने

images

प्रभाव न्यूज

८ कार्तिक २०८१
  • 11.4K
    SHARES
  • images
    दिक्तेल–गाईघाट जोड्ने फोक्सिङटारमा १२० मिटर लामो बेलिब्रिज बन्ने
    images
    images
    images

    सगरमाथा राजमार्गअन्तर्गत दिक्तेल–गाईघाट सडकमा पर्ने फोक्सिङटारमा १२० मिटर लामो बेलिब्रिज निर्माण हुने भएको छ।

    images

    भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले भारतसँग पुल मागेर बनाउने तयारी गरेको हो। 

    भौतिक मन्त्रालयले ५० देखि १२० मिटरसम्मका २० वटा पुल सहयोग गर्न आग्रह गरेको थियो। जसमा ३८ ट्रक बेलिब्रिजका सामग्री मकवानपुरको हेटौंडामा आइपुगेका छन्। ती सामग्री हेटौंडास्थित सडक डिभिजन कार्यालयमा राखिएको मन्त्रालयले जनाएको छ।

    भारतले उपलब्ध गराउने पुल हेटौंडाको कार्यालयमा राखिएको मन्त्रालयले जनाएको छ। तर कतिवटा पुलबराबरको सामग्री आए मन्त्रालयले स्पष्ट जानकारी छैन। 
    ‘फोक्सिङटारमा सबैभन्दा लामो बेलिब्रिज निर्माण गर्दै छौँ। १२० मिटर बनाउने अनुभव छैन’, भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले भने, ‘भारतीय र नेपाली प्राविधिक मिलेर जडान गर्न सक्छौँ।’

    images

    खोटाङलाई तराईसँग जोड्ने प्रमुख फोक्सिङटार पुल १२ वर्ष लागेर निर्माण भएको थियो। सञ्चालनमा आएको २ वर्षमै सुनकोशीको बाढीले बगाएको छ।- nepalkhabar

    images

    images
    images

    प्रकाशित :कार्तिक ८, २०८१ बिहिवार - १८:१२:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij