काठमाडौं - टर्कीमा बुधबार ५.९ म्याग्निच्युडको भूकम्प गएको छ ।
टर्कीको प्रकोप एजेन्सीले केन्द्रविन्दु दक्षिणी मलात्या प्रान्तको काले जिल्लामा रहेको बताएको छ ।
भूकम्प करिब १०.०७ किलोमिटर गहिराइमा गएको थियो ।
त्यहाँ कुनै क्षति हुन नपाएको बताइएको छ । भूकम्पको धक्का यस क्षेत्रका दियारबाकिर, इलाजिग, कहरामनमारास, टोकाट, एर्जिनकान, टुन्सेली र अदियामान प्रान्तमा पनि महसुस गरिएको थियो ।
सावधानीका रूपमा विद्यालयहरू एक दिनका लागि बन्द गरिएको बताइएको छ ।
टर्कीका आन्तरिक मन्त्री अली येर्लिकायाले भूकम्पपछि टोलीले क्षेत्रमा फिल्ड स्क्यान सुरु गरेको बताए । सिन्ह्वा/न्युज एजेन्सी नेपाल