• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


जब बुबाले छोरालाई भीरबाट खोलामा फाले...

जब बुबाले छोरालाई भीरबाट खोलामा फाले...

images

प्रभाव न्यूज

३० आश्विन २०८१
  • 3.4K
    SHARES
  • images
    जब बुबाले छोरालाई भीरबाट खोलामा फाले...
    images
    images
    images

    बागलुङ : बागलुङमा ६ वर्षीय छोरालाई भीरबाट फालेर आफ्नै बुबाले हत्या गरेका छन् ।

    images

    मंगलबार साँझ बागलुङको ताराखोला गाउँपालिका घरभई बागलुङ नगरपालिका–३ बस्ने केशव पुनले ६ वर्षीय छोरा किस्मत पुनलाई भीरबाट खोलामा फालेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी निरीक्षक सुनिल शर्मा चिलुवालले बताए ।

    उनले मंगलबार साँझ बानपा–३ को भीरबाट छोरालाई फालेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

    मंगलबार साँझ नै प्रहरी र स्थानीयले खोजी गर्दा किस्मत घटनास्थलदेखि २ सय मिटर तल काठेखोलामा मृत्त अवस्थामा फेला परेको प्रहरी निरीक्षक शर्माले बताए ।

    images

    हत्या आरोपमा मृतक बालकका बुबा केशव पुनलाई प्रहरीले मंगलबार साँझ नियन्त्रणमा लिएको प्रहरी निरीक्षक शर्माले जानकारी दिए ।

    images

    images
    images

    प्रकाशित :आश्विन ३०, २०८१ बुधवार - ११:१७:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij