• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


होटेलभित्र तास खेल्ने १२ जना पक्राउ, ५ लाख बरामद

होटेलभित्र तास खेल्ने १२ जना पक्राउ, ५ लाख बरामद

images

प्रभाव न्यूज

२९ आश्विन २०८१
  • 4.3K
    SHARES
  • images
    होटेलभित्र तास खेल्ने १२ जना पक्राउ, ५ लाख बरामद
    images
    images
    images

    झापा - प्रहरीले छापा मारेर झापाका एक होटेलबाट नगदसहित १२ जना जुवाडेलाई पक्राउ गरेको छ।

    images

    तास खेल्दै गरेको जानकारी पाएपछि प्रहरी टोलीले गएराति साढे ८ बजेतिर शिवसताक्षी नगरपालिका–९ दुधेस्थित सगरमाथा होटेलमा छापा मारेको हो।

    घरको तेस्रो तलामा प्रहरीले छापा मारेर तास र नगद ५ लाख ४ हजार ३० रुपैयाँ बरामद गरेको छ।

    उनीहरूलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले जानकारी दिए।

    images

    images
    images

    प्रकाशित :आश्विन २९, २०८१ मंगलवार - १०:२३:५८

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij