• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


साफ यु–२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

साफ यु–२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने

images

प्रभाव न्यूज

६ भाद्र २०८१
  • 6.4K
    SHARES
  • images
    साफ यु–२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश खेल्ने
    images
    images
    images

    काठमाडौं– साफ यु–२० च्याम्पियनसिप फुटबलमा आज नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

    images

    खेल दिउँसो ३ बजे ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा हुनेछ ।

    प्रतियोगितामा दुवै टोलीले आज दोस्रो खेल खेल्दै छन् ।

    यसअघिको खेलमा दुवै टोलीले श्रीलंकालाई पराजित गरेर एक खेल अगावै सेमिफाइनलमा पुगिसकेका छन् । दुबै टोलीको समान तीन अंक छ ।

    images

    गोलअन्तरका आधारमा बंगलादेश शीर्ष स्थानमा छ ।

    images

    आज पराजित हुने टोलीले समूह ‘बी’ को भारतसँग प्रतिस्पर्धा गर्नुपर्नेछ ।प्रतियोगितामा ६ टोली सहभागी छन्।

    जसमा नेपाल रहेको समूह ‘ए’मा बंगलादेश र श्रीलंका तथा समूह ‘बी’ मा भारत, माल्दिभ्स र भुटान छन् ।

    images
    images

    प्रकाशित :भाद्र ६, २०८१ बिहिवार - ०९:१९:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij