• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


दिक्तेलमा डेंगी रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु

दिक्तेलमा डेंगी रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु

images

प्रभाव न्यूज

२६ आषाढ २०८१
  • 6.8K
    SHARES
  • images
    दिक्तेलमा डेंगी रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु
    images
    images
    images

    खोटाङ– स्वास्थ्य कार्यालय खोटाङले सदरमुकाम दिक्तेलमा डेंगी रोग सार्ने लामखुट्टेको लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको छ । बाढी–पहिरो र डुबानका बेला डेंगी रोग सार्ने लामखुट्टेको भय हुने भन्दै कार्यालयले लार्भा खोजी गरी नष्ट गर्ने अभियान सुरु गरेको हो ।

    images

    विभिन्न कार्यालय तथा संघसस्थाका सरोकारवालाको उपस्थितिमा हाटडाँडाबाट लार्भा खोजी गर्ने कार्य सुरु गरेर त्रिवेणीचौक, रत्नपार्कलगायतका ठाउँमा प्लेकार्डसहित बजार परिक्रममा गर्दै लामखुट्टेको लार्भा खोजी गरी नष्ट गरिएको हो ।

    लामखुट्टेको टोकाइबाट हुने डेंगी, मलेरियाजस्ता कीटजन्य संक्रमणको जोखिमबाट बच्न र बचाउँन कार्यालयको बार्षिक स्वीकृत कार्यक्रम अनुसार यो अभियान निरन्तररुपमा हुने गरि सुरु गरिएको स्वास्थ्य कार्यालयका प्रमुख जीवन चौलागाईंले जानकारी दिए । 

    images
    images

    प्रकाशित :आषाढ २६, २०८१ बुधवार - १९:५९:३७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij