काठमाडौं– छोरीलाई जबरजस्ती करणी र वेश्यावृत्तिमा लगाएको आरोपमा एक जना पक्राउ परेका छन् । प्रहरी वृत्त, सोह्रखुट्टेको टोलीले काठमाडौंको नयाँबजार क्षेत्रबाट ४४ वर्षीय व्यक्तिलाई पक्राउ गरेको हो ।
घरमै यौनशोषण भएको भन्दै काठमाडौं महानगरपालिकाको टोलीलाई सूचना आएपछि प्रहरी, महानगरपालिका र बालअधिकारकर्मी सहितको टोली पीडित १७ वर्षीया किशोरीलाई उद्दार गर्न पुगेको थियो ।