खोटाङ– खोटाङको दिक्तेल–हलेसी सडक खण्ड अन्तरगत दिक्तेलस्थित रत्नपार्कमा जताभावी सडकमा पार्किङ गरिएका दुईवटा सुमोलाई ह्वीललक लगाइएको छ ।
जिल्ला प्रहरी कार्यालय र ट्राफिक प्रहरी कार्यालयको टोलिले अनुगमनकाक्रममा जताभावी सडकमा पार्किङ गरिएका ना १ ज ५३ २१ ना १ ज २९८५ को सुमोलाई ह्वीललक लगाएको हो।
उक्त सुमो जताभावी सडकमा पार्किङ गरेर राखेको अवस्थामा भेटिएकोले चेतावनीको लागि ह्वीललक लगाइएको ट्राफिक प्रहरी कार्यालयका प्रहरी सहायक निरीक्षक ज्ञानेन्द्र कार्कीले जानकारी दिए । उनले भने ‘ड्राइभरलाई खोजी कार्य गर्दा काँही नभेटिएको र सडक सुरक्षाको लागि ह्वीललक लगाइएको हो ।
सडकमा जताभावी पार्किङ गर्दा अर्को गाडीले हानिदिने खतरा हुने भएकोले चेतावनीस्वरुप ह्वीललक लगाइएको कार्कीको भनाई छ ।
आगामी दिनमा कोही कसैले सडक र सडक आसपासमा गाडी पार्किङ नगर्न पनि अनुरोध गर्दछौं उनले भने ।