• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आजबाट सर्वाधिक राशीको महिला-पुरुष ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिता सुरु

आजबाट सर्वाधिक राशीको महिला-पुरुष ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिता सुरु

images

प्रभाव न्यूज

२६ बैशाख २०८१
  • 9.5K
    SHARES
  • images
    आजबाट सर्वाधिक राशीको महिला-पुरुष  ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ भलिबल प्रतियोगिता सुरु
    images
    images
    images

    खोटाङ - खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिकाले आयोजना गर्न लागेको ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला-पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको तयारी पूरा भएको छ ।  गाउँपालिकाको प्रायोजनमा आज वैशाख–२६ देखि २९ गतेसम्म सम्चालन हुने महिला-पुरुष अन्तरपालिकास्तरीय भलिबल प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले मङ्गलबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

    images

    प्रतियोगितामा महिलातर्फ चार तथा पुरुषतर्फ १५ वटा समूहले सहभागिता जनाएको आयोजक खेलकुद विकास समिति ऐसेलुखर्क गाउँपालिका अध्यक्ष रजिन राईले जानकारी दिनुभएको छ ।

    प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय र सान्त्वना महिला-पुरुष दुवै स्थानीय तहले समानरुपमा क्रमशः नगद रु दुई लाख, रु एक लाख, रु ५० हजार र रु २५ हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने जनाइएको छ ।

    विद्यागत पुरस्कारतर्फ महिला÷पुरुष दुवै समूहका एक÷एकजना उत्कृष्ट खेलाडीलाई नगद रु पाँच-पाँच हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

    images

    यस्तै, बेस्ट स्पाइकर, बेस्ट सटर, बेस्ट ब्लकर, बेस्ट डिफेण्डर, बेस्ट सर्भर तथा अनुशासित समूह र बेस्ट प्रशिक्षकलाई नगद रु तीन-तीन हजारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिने अध्यक्ष राईले जानकारी दिनुभएको छ ।

    images

    अन्तरपालिकास्तरीय महिला-पुरुष भलिबल प्रतियोगिताको महिलातर्फ आयोजक, आमचोक गाउँपालिका भोजपुर, माप्यदूधकोशी सोलुखुम्बू र केपिसगढी गाउँपालिका बाक्सिला खोटाङ सहभागी भएका छन् ।

    पुरुषतर्फ आयोजक, षडानन्द नगरपालिका भोजपुर, नेचासल्यान गाउँपालिका सोलुखुम्बू, दमक नगरपालिका झापा, सोताङ गाउँपालिका सोलुखुम्बू, चिसङ्खु गाउँपालिका ओखलढुङ्गा, ताप्ली गाउँपालिका उदयपुर, सिद्धिचरण नगरपालिका ओखलढुङ्गा, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका खोटाङ, रावाबेँसी गाउँपालिका खोटाङ, हलेसी तुवाचुङ नगरपालिका खोटाङ, ऐसेलुखर्क गाउँपालिका–४ जलेश्वरी, ऐसेलुखर्क गाउँपालिका–५ महेश्वरी, ऐलुखर्क गाउँपालिका–७ माक्पा र खेलकुद विकास समिति ऐसेलुखर्क–३ ऐलुखर्कको सहभागिता रहेको जनाइएको छ ।

    अन्तर्राष्ट्रिय भलिबल महासङ्घ (एफआइभिबि)को नियमअनुसार सञ्चालन हुने प्रतियोगितमा नौँजना खेलाडी, एकजना प्रशिक्षक र एकजना व्यवस्थापकगरी प्रत्येक समूहमा ११ हुनुपर्ने आयोजकले जनाएको छ ।

    प्रतियोगितामा एउटा समूहले एकजनामात्र राष्ट्रिय खेलाडी सहभागी गराउन पाउने जनाइएको छ । गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्यले गाउँपालिकाको आर्थिक सहयोग तथा खेलकुद विकास समितिको व्यवस्थापनमा अन्तरपालिकास्तरीय ‘ऐसेलुखर्क गाउँपालिका प्रथम अध्यक्ष कप’ महिला-पुरुष भलिबल प्रतियोगिता आयोजना गरिएको गाउँपालिका प्रमुख गीरेन्द्रबहादुर राईले जानकारी दिनुभएको छ ।

    “भलिबल खेल नेपालको राष्ट्रिय खेल हो । यो खेल सानो ठाउँमा पनि आयोजना गर्न सकिन्छ”, पत्रकार सम्मेलनलाई सम्बोधन गर्नुहुँदै उहाँले भन्नुभयो, “गाउँपालिकामा भलिबल खेलको विकास गर्दै प्रतिभाशाली खेलाडी उत्पादन गर्ने उद्देश्य राखिएको छ । यसले खेल पर्यटनको समेत विकास गर्छ । प्रथम पटक आयोजना गरिएको प्रतियोगितालाई आगामी दिनमा पनि निरन्तरता दिने योजना बनाएका छौँ।”

    करिब रु १६ लाख २८ हजारमा सम्पन्न गर्ने लक्ष्य राखिएको प्रतियोगिताका लागि गाउँपालिकाले रु १३ लाख ५० हजार रकम उपलब्ध गराएको गाउँपलिकाका प्रवक्ता एवम् वडा नं. ३ ऐसेलुखर्कका वडाध्यक्ष टेकेन्द्र राजभण्डारीले जानकारी दिनुभएको छ ।

    सेमिफाइनल खेलदेखि प्रत्येक खेलमा म्यान अफ द म्याचलाई समेत पुरस्कारको व्यवस्था गरिएको प्रतियोगिताको औपचारिक उद्घाटन भोलि बिहान ११ बजे गाउँपालिका प्रमुख राई र उपप्रमुख राजेश राजभण्डारीले गर्ने आयोजकले जनाएको छ । महिला-पुरुष दुवै समूहको खेल गाउँपालिकाको आफ्नै खेलमैदानमा सञ्चालन हुने आयोजकले जनाएको छ ।

    गाउँपालिकाको कार्यालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा गाउँपालिका प्रमुख राई, उपप्रमुख राजभण्डारी, प्रमुख प्रशासकीय अधिकृत रेखबहादुर थापा, वडाध्यक्षहरु, खेलकुद विकास समितिका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।

    images
    images

    प्रकाशित :बैशाख २६, २०८१ बुधवार - ०७:५९:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij