• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कोरोना संक्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन सुझाव

कोरोना संक्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन सुझाव

images

प्रभाव न्यूज

२१ चैत्र २०८०
  • 10.5K
    SHARES
  • images
    कोरोना संक्रमणको जोखिम बढ्दै, स्वास्थ्य सतर्कता अपनाउन सुझाव
    images
    images
    images

    काठमाडौँ–  मौसम परिवर्तनसँगै रुघाखोकी, ज्वरो, फ्लु लगायत कोरोना भाइरसका लक्षण भएका बिरामी देखिन थालेका छन्।

    images

    गएको एक हप्तामा २८ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। ती सङ्क्रमितमा सुदूरपश्चिम प्रदेशमा भारतबाट आएका धेरै रहेको मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले जानकारी दिए।

    शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. युवानिधि बसौलाले कोरोना सङ्क्रमित बिरामी फाट्टफुट्ट उपचारका लागि अस्पतालमा आउने गरेको बताए।

    मौसममा आएको परिवर्तनसँगै रुघाखोकी र ज्वरोका बिरामी बढेको तर कोरोना सङ्क्रमित भने अस्पतालमा धेरै नभएका उनको भनाइ छ।

    images

    निर्देशक डा. बसौलाका अनुसार अहिले तीनजना सङ्क्रमितले सघन उपचार कक्ष (आईसीयू) र दुई जनाले शय्यामा उपचार गराइरहेका छन्। अन्य अस्पतालमा आइसोलेसन नभएर टेकु अस्पतालमा बिरामी आउने गरेको उनले बताए।

    images

    मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीले कोरोना भाइरसविरुद्धको खोप नलगाएका व्यक्ति, दीर्घरोगी र ज्येष्ठ नागरिक अझै पनि जोखिममा रहेको बताए। कोरोनाबाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन उनको सुझाव छ ।

    images
    images

    प्रकाशित :चैत्र २१, २०८० बुधवार - १२:३६:४१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij