• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


चैतमा नियमित झरी परेपछि मौसमविद्नै चकित, भन्छन् यो के भयो ? 

चैतमा नियमित झरी परेपछि मौसमविद्नै चकित, भन्छन् यो के भयो ? 

images

प्रभाव न्यूज

१५ चैत्र २०८०
  • 28.8K
    SHARES
  • images
    चैतमा नियमित झरी परेपछि मौसमविद्नै चकित, भन्छन् यो के भयो ? 
    images
    images
    images

    काठमाडौं– चैतको महिनामा सामान्यतया बिहानैदेखि दिउँसोसम्म चर्को घाम लाग्ने, साँझपख हावाहुरी चल्ने र चट्याङ सहित असिना पानी पर्ने गर्छ। तर अहिले माघेझरी जस्तो मौसम देख्दा मौसमविद्नै चकित भएका छन्। त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेले आफूलाई अनौठो लागिरहेको बताएका छन्। 

    images

    ‘अहिले राति–राति पानी परिरहेको छ। यस्तो त मनसुनको बेलामा हुन्छ, दिनभरी माघेझरी जस्तो पनि देखिन्छ, मलाई अनौठो लागिरहेको छ’ मौसमविद् पोखरेलले भने।

    मेडिटेरियन रिजनबाट नेपालसम्म आउने प्रणाली एक–दुई दिनसम्म बसेर जानुपर्नेमा अहिले लामो समयसम्म कायम छ। यसलाई विस्थापित गर्ने अर्को प्रणाली तत्काल आउने सम्भावना नदेखिएकाले आगामी शनिबारसम्मै आकाश राम्रोसँग नउघ्रिने मौसमविद् पोखरेलले बताए।

    जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जारी गरेको बुलेटिनमा पनि शनिबारसम्म बदली र वर्षाको प्रक्षेपण छ।

    images

    बुलेटिनमा लेखिएअनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्ग सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने हल्का हिमपातको सम्भावना छ।

    images

    आगामी २४ घण्टाका लागि परामर्श दिंदै महाशाखाले भनेको छ, ‘ती क्षेत्रमा दैनिक जनजीवन लगायत कृषि, स्वास्थ्य, पर्यटन, पर्वतारोहण, सडक तथा हवाई यातायातमा आंशिक असर पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहुन अनुरोध छ।’

    देशैभर अझै दुई÷तीन दिन मौसम सफा हुने सम्भावना नरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। पूर्वी नेपालका धेरैजसो भागमा पानी परे पनि पश्चिम नेपालमा बादल मात्र लाग्ने पूर्वानुमान छ।

    images
    images

    प्रकाशित :चैत्र १५, २०८० बिहिवार - ०९:२१:४५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij