खोटाङ - खोटाङमा थप चार जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ।
कोरोना संक्रमण पुष्टि हुनेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नम्बर -१३ नुनथलास्थित स्वास्थ्य चौकीमा कार्यरत एक जना पुरुष स्वास्थ्यकर्मी, दिक्तेल हाटडाँडाका एक जना पुरुष, वडा नम्बर -२ सोल्माका एक महिला र नगरपालिकाको सवारी चालक एक पुरुषमा कोरोना पोजेटिभ देखिएको हो।
५ जनाको एन्टिजिन परिक्षण ४ जनामा कोरोना देखिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका स्वास्थ्य शाखाका संयोजक तीर्थराज आचार्यले जानकारी दिए।
संक्रमित सबैजना होम आइसोलेसनमा रहेका छन्। योसँगै जिल्लामा संक्रमितको संख्या १६ जना पुगेको छ।