• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


नक्कली नोट छाप्ने तीन जना पक्राउ

नक्कली नोट छाप्ने तीन जना पक्राउ

images

प्रभाव न्यूज

४ चैत्र २०८०
  • 16.1K
    SHARES
  • images
    नक्कली नोट छाप्ने तीन जना पक्राउ
    images
    images
    images

    काठमाडौं– ललितपुर प्रहरीले नक्कली नोट सहित तीन जनालाई पक्राउ गरेको छ ।

    images

    जिल्ला प्रहरी परिसर ललितपुरले आइतबार पत्रकार सम्मेलन गर्दै नक्कली नोट छाप्ने र कारोबार गर्ने गोदावरी नगरपालिका ३ टौखेल बस्ने करण प्रधान, काभ्रे मण्डनदेउपुर बस्ने सञ्जय अधिकारी र बेथानचोक घर भई बनेपा सबिन हुमागाईंलाई पक्राउ गरी सार्वजनिक गरेको हो।

    नक्कली नोटबाट कारोबारको सुचना आएपछि करण प्रधानलाई एक हजारको २० थान नक्कली नोटसहित पक्राउ गरिएको र सोधपुछ गर्ने क्रममा सञ्जय अधिकारीको पनि संलग्नता देखिएपछि १ सय १५ वटा एक हजार नोटसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी शेखर खनालले जानकारी दिए।

    त्यस्तै थप अनुसन्धान गर्दा मोवाइल पसल व्यवसाय गर्ने सबिन हुमागाईंलाई एक हजारको ६९ वटा र पाँच सयको १ वटा नक्कली नोट सहित पक्राउ गरिएको उनले बताए।

    images

    पक्राउ परेका हुमागाईंले आफ्नै पसलमा नक्कली नोट छाप्ने गरेको खुलेको खनालले बताए।

    images

    उनीहरूबाट नक्कली नोट छाप्न प्रयोग हुने प्रिन्टर, सादा पेपर चार सय थानलगायत बरामद गरिएको प्रहरीले जनाएको छ।

    पक्राउ परेका तीनै जनालाई मुद्रा सम्बन्धी कसुरमा म्याद थप भई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

    images
    images

    प्रकाशित :चैत्र ४, २०८० आइतवार - १९:०५:२९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij