• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका

आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका

images

प्रभाव न्यूज

२१ माघ २०८०
  • 9.4K
    SHARES
  • images
    आँखाका बिरामीको निःशुल्क उपचार गर्दै कटारी नगरपालिका
    images
    images
    images

    कटारी – उदयपुरको कटारी नगरपालिकाका ४ सय ५० जनाको निःशुल्क आँखा जाँच गरिएको छ । कटारी नगरपालिकाको सहयोगमा साथी समूह कटारीले दुइदिने निःशुल्क आँखा शिविर उनीहरुको निःशुल्क आँखा जाँच गराएको हो ।

    images

    समूहका अध्यक्ष विजयअधिकारीका अनुसार शिविरमा आएका ६१ जनामा मोतिविन्दु तथा आँखामा मासु पलाएकाले शल्यक्रिया गर्नुपर्ने भएको छ । इटहरिस्थित नवदृष्टि आँखा अस्पतालमा निःशुल्क शल्यक्रिया गरिनेछ ।

    स्वास्थ्य शिविरमा अस्पतालले नै निःशुल्क उपचारको व्यवस्था गरेको थियो । “आज २५ जनालाई उपचारका लागि हस्पिटल पठाएका छौँ” समूहका सचिव राजकुमार थापा क्षेत्रीले भने ,“अन्यलाई पनि पालैपालो निःशुल्क शल्यक्रियाका लागि लैजाने छौँ ।”

    नगरपालिकाका उपप्रमुख गीता खड्काले नगरका आँखाका बिरामीहरुलाई निःशुल्क उपचारको व्यवस्था गरिएको बताए ।शिविरमा परीक्षण गरिएका बिरामीहरुलाई निःशुल्क औषधि तथा चस्माको पनि व्यवस्था गरिएको छ । आर्थिक अभावका कारण आँखाको उपचार गराउन असमर्थहरुलाई उपचार, औषधि र चस्माको व्यवस्था गरिएको उपप्रमुख खड्काले बताए ।

    images

    images
    images

    प्रकाशित :माघ २१, २०८० आइतवार - २०:३१:३२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij