• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


सडक निर्माणमा लापरवाही गर्ने ठेकेदार खोज्दै सांसद भगबती चौधरी फिल्डमा

सडक निर्माणमा लापरवाही गर्ने ठेकेदार खोज्दै सांसद भगबती चौधरी फिल्डमा

images

प्रभाव न्यूज

२१ माघ २०८०
  • 6.9K
    SHARES
  • images
    सडक निर्माणमा लापरवाही गर्ने ठेकेदार खोज्दै सांसद भगबती चौधरी फिल्डमा
    images
    images
    images

    सुनसरी - रणनीतिक सडक निर्माणमा ठेकेदारको लापरवाही देखेपछि सांसद भगबती चौधरीले फिल्डमै उत्रिएर अनुगमन गरेकी छन् । गृहजिल्ला रहेकी चौधरीले सुनसरी क्षेत्र नं. ३ मा पर्ने रणनैतिक सडक निर्माणमा ठेकेदारले ढिलासुस्तीसँगै लापरवाही गरेको देखेपछि सडक डिभिजन कार्यालय विराटनगरका  प्रमुख राजेन्द्रप्रसाद साहलाई फिल्डबाटै सडकको गुणस्तरीयता कायम गर्न निर्देशन दिएकी हुन् ।

    रणनीतिक सडकको चतरा नहरबाट एकम्बा–चाँदबेला–औरावनी–छिटाहा–चिमडी देखि अमडुवासम्मको सडक खण्डको इनरुवा चाँदवेला क्षेत्रमा निरीक्षण गर्दा साइड ड्रेन निर्माणमा लापरवाही गरिएको, एकनासले ड्रेन निर्माण नगरेको तथा दैनिक धुलो, हिलोले स्थानीयबासी प्रताडित भएको पाएपछि सांसद चौधरीले लापरवाही गर्ने ठेकेदारलाई कारवाही गर्न कार्यालय प्रमुख साहलाई निर्देशन दिएकी हुन् ।

    ‘म अहिले चाँदबेला मै छु, काम त राम्रो भएको छैन । ठेकेदारलाई बोलाएर सोध्नुस, अनुगमन गर्नुस् ।’ चौधरीले सडक डिभिजन कार्यालयका प्रमुख साहलाई निर्देशन दिइन् ।

    रणनीतिक सडकका लागि सांसद चौधरीले संघीय सरकारबाट बजेट विनियोजन गर्न ठूलै कसरत गरेकी थिइन् । गत आर्थिक वर्ष सांसद चौधरीकै प्रयासमा २० करोड रुपैंया विनियोजन भएको थियो भने, चालू आर्थिक वर्षका लागि १० करोड रुपैंया विनियोजन भएपनि सडक निर्माणको कामभने सुस्तगतीमा हुँदा स्थानीय आक्रान्त बनेका छन् ।

    गत वर्षको फागुनदेखि बन्द रहेको सडक निर्माण कार्य केही दिन यता पुनः सूचारु भएपनि साईड ढलानमा लापरवाही र सुस्तगतीमा भइरहेको अनुगमनको क्रममा स्थानीयले सांसद चौधरीलाई जानकारी गराउँदै धुलो र हिलोले स्थानीयहरु सडकमा हिँड्नै नसक्ने अवस्था रहेको बताए ।

    स्थानीय नेता कार्यकर्ता सहित क्षेत्रमा भइरहेका रणनीतिक सडक, पुल लगायत विकास निर्माणका कार्यहरुको अनुगमनमा रहेकी चौधरीले जनतालाई सास्ती नहुने गरी काम गर्न आयोजना प्रमुखलाई निर्देशन दिइन् । सो क्रममा प्रमुखले सडक निर्माणमा ठेकेदारबाट भएका लापरवाहीमा आवश्यक अनुसन्धान गरेर कारवाही गर्ने प्रतिबद्धता जनाए ।

    images
     

    images
    images

    प्रकाशित :माघ २१, २०८० आइतवार - २०:१२:४३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij