• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


हजुरआमालाई उपचारमा लिएर गएकी बालिकामाथि अहेवबाटै करणी 

हजुरआमालाई उपचारमा लिएर गएकी बालिकामाथि अहेवबाटै करणी 

images

प्रभाव न्यूज

१७ माघ २०८०
  • 121.1K
    SHARES
  • images
    हजुरआमालाई उपचारमा लिएर गएकी बालिकामाथि अहेवबाटै करणी 
    images
    images
    images


    खोटाङ– जवरजस्ती करणी गरेको आरोपमा खोटाङमा एक युवक पक्राउ परेका छन्। १३ वर्षीय बालिकालाई करणी गरेको आरोपमा बराहपोखरी गाउँपालिका–२ सुन्तलेका २२ वर्षीय सन्तोष मगर पक्राउ परेका हुन्।

    images

    आरोपित मगर स्वास्थ्यचौकी सुन्तलेका करारका अहेव हुन्। मावली हजुरआमाको स्वास्थ्य जाँचका लागि स्वास्थ्यचौकी गएको बेला मगरले हजुरआमाको स्वास्थ्य अवस्थाका बारेमा सोध्ने बाहनामा एकान्त कोठामा लगेर जबरजस्ती करणी गरेको पीडित बराहपोखरी (क) को दावी छ।


    घटनाको अनुसन्धानको सिलसिलामा आरोपितलाई माघ ११ गते पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए। मगरले गत पुस २९ गते बालिकालाई जबरजस्ती करणी गरेको जाहेरी परेको प्रहरीले जनाएको छ।


    स्वास्थ्यचौकीबाट घर फर्काए लगत्तै हजुरमाको मृत्यु भएको र काजकिरियाको काममा लाग्दा उजुरी दिन ढिलाइ भएको पीडितको भनाई छ।

    images

    माघ ११ गते हजुरमाको काजकिरिया सकेपछि मात्रै पीडित प्रहरीचौकी धर्तुङ पुगेकी थिइन् ।

    images

    images
    images

    प्रकाशित :माघ १७, २०८० बुधवार - १६:३३:५५

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij