• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


स्वास्थ्यमन्त्री बस्नेत कार्यक्रममा रिसाएपछि ...

स्वास्थ्यमन्त्री बस्नेत कार्यक्रममा रिसाएपछि ...

images

प्रभाव न्यूज

९ माघ २०८०
  • 9.7K
    SHARES
  • images
    स्वास्थ्यमन्त्री बस्नेत कार्यक्रममा रिसाएपछि ...
    images
    images
    images


    काठमाडौँ– स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले पूर्ण खोप कार्यक्रममा अपेक्षित सफलता पाउन नसकेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।

    images

    स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखाले मंगलबार काठमाडौँमा आयोजना गरेको राष्ट्रिय दादुरा–रुवेला खोप अभियान २०८०/०८१ को उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै स्वास्थ्य मन्त्री बस्नेतले कर्मचारीको कार्यशैलीप्रति असन्तुष्टि पोख्दै क्षमताअनुसार काम नभएको बताए। 

    सरकारले सन् २०२६ सम्म दादुरा–रुवेला निवारण गर्ने लक्ष्य लिएको भए पनि यही गतिमा काम गर्ने हो भने त्यो सम्भव नभएकाले स्वास्थ्यका हरेक कर्मचारीले आफ्नो काम गर्ने शैली परिवर्तन गर्नु आवश्यक रहेको मन्त्री बस्नेतले बताए।

    देशभरिका ७२ वटा जिल्ला पूर्ण खोप जिल्लाका रूपमा घोषणा गरिसकिएको भए पनि देशभरि पूर्ण खोप लिएका बालबालिकाको संख्या किन ५२ प्रतिशतभन्दा माथि उठ्न नसकेको भन्दै यसरी लक्ष्य पूरा नहुने बताए।

    images

    सन् २०२३ मै निवारण गरिसक्ने लक्ष्य लिएको भए पनि कर्मचारीकै ढिलासुस्ती र गैरजिम्मेवारीपनका कारण त्यो पूरा हुन नसकेर सन् २०२६ को लक्ष्य लिएको भए पनि जिम्मेवारीका साथ काम भइ नरहेकाले फेरि अर्को मिति तोक्नु पर्ने अवस्था आउन नहुने मन्त्री बस्नेतको भनाइ छ।

    images

    स्वास्थ्यका कर्मचारीको अहिलेको काम गर्ने तौरतरिका परिवर्तन नभए स्वास्थ्यमा अपेक्षाकृत नतिजा हासिल गर्न कठिन हुने बताउँदै मन्त्री बस्नेतले सरकारले दिएको जिम्मेवारी गहन ढंगले बहन गर्न सबै कर्मचारीलाई निर्देशन दिए।


    स्वास्थ्य मन्त्रालय मानवीय समवेदना बोकेको मन्त्रालय भएको बताउँदै उनले परिणाममुखी नतिजा आउने गरि काम गर्न आग्रह गरे।
    एक सयदेखि ३०० शय्यासम्मका अस्पतालमा नर्स र प्यारामेडिक्सको पढाइ हुने गरी काम अगाडि बढी सकेको र निकट भविष्यमै ३०० शय्याका अस्पतालमा एमबिबिएससम्मको अध्ययन गर्ने व्यवस्था गर्ने योजनाका साथ आफू अगाडि बढेको भन्दै मन्त्री बस्नेतले निकट भविष्यमै नेपाल चिकित्सा शिक्षाको हब हुने दाबी गरे।

    images
    images

    प्रकाशित :माघ ९, २०८० मंगलवार - २०:२७:५४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij