• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


देवघाटमा मकर संक्रान्ति स्नान गर्न भक्तजनको घुइँचो

देवघाटमा मकर संक्रान्ति स्नान गर्न भक्तजनको घुइँचो

images

प्रभाव न्यूज

१ माघ २०८०
  • 6.0K
    SHARES
  • images
    देवघाटमा मकर संक्रान्ति स्नान गर्न भक्तजनको घुइँचो
    images
    images
    images

    चितवन– पवित्र तीर्थस्थल देवघाटमा माघे सङ्क्रान्ति (मकर संक्रान्ति)मा स्नान गर्न आउने भक्तजनको घुइँचो लागेको छ । हिजो बिहान बेनीमा बाँसको लिङ्गो गाडेर माघे सङ्क्रान्ति मेलाको शुभारम्भ गरिएको थियो ।

    images

    त्यसपछि क्रमशः भक्तजन आउने क्रम सुरु भएको हो । देवघाट क्षेत्र विकास समितिका कार्यकारी निर्देशक सदन बरालका अनुसार रातभर जाग्राम बस्ने भक्तजनले देवघाटको नदी तटीय क्षेत्र भरिएको थियो ।हिले पनि भक्तजन आउने क्रम जारी छ । कतिपय भक्तजन स्नान गरेर फर्किन थालेका छन् ।

    सुरक्षाका लागि सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिएको छ । ‘भविष्य पुराण’, ‘विष्णुवचन’ तथा ‘धर्मसिन्धु’ नामक ग्रन्थमा यस दिन पवित्र तीर्थस्थलमा स्नान गरी घ्यू, चाकु, तिलको लड्डु, सागपात, तरुल, वस्त्र, पानीको भाँडो र मकलसहितको सिदा दान गरेमा विशेष फल प्राप्त हुने तथा उक्त पदार्थ आफूले खाएमा शरीर पोषिलो हुनाका साथै निरोगी भइने जनविश्वास छ ।

    विगत वर्षमा भन्दा यस वर्ष भक्तजनको सङ्ख्या बढी हुने अपेक्षा गरिएको छ । समितिले पाँच लाखभन्दा बढी भक्तजन आउने जनाएको छ ।

    images

    अधिकांश भक्तजनले नदीमा स्नान गर्ने भएकाले गहिरो ठाउँमा नजान आह्वान गर्दै डोरी टाँगेर स्नान गर्ने क्षेत्र छुट्याइएको छ ।

    images

    images
    images

    प्रकाशित :माघ १, २०८० सोमवार - ०९:३६:५७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij