आजभोलि हरेक क्षेत्रमा प्रतिस्पर्धा निकै बढेको छ । यस्तो अवस्थामा बच्चालाई शारीरिक र भावनात्मक रूपमा बलियो बनाउनु अभिभावकको दायित्व हो ।
यदि बच्चा भावनात्मक रूपमा बलियो छ भने उसले हरेक कठिनाइलाई सजिलै पार गर्न सक्छ । भावनात्मक रूपमा बलियो हुनुले बच्चालाई समस्याहरुको सामना गर्न सक्षम बनाउँछ ।
साथै, उनीहरू चुनौती र असफलतामा पनि हार मान्दैनन् र निरन्तर प्रयास जारी राख्छन् । बच्चा भावनात्मक रूपमा बलियो हुनु धेरै महत्त्वपूर्ण छ ।
किनकि जो बच्चा भावनात्मक रूपमा बलियो हुँदैनन्, उनीहरूले परीक्षामा कम अंक ल्याउँदा पनि ठूलै गल्ती गरे भन्ने ठान्छन् ।