• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


नङ किन फुल्छ ?

नङ किन फुल्छ ?

images

प्रभाव न्यूज

२७ पौष २०८०
  • 14.7K
    SHARES
  • images
    नङ किन फुल्छ ?
    images
    images
    images

    मानिसका हात तथा औँलाका नङमा कहिलेकाहीँ सेतो दाग देखिने गर्छ । पुरानो मान्यताअनुसार यसलाई नङ फुलेको भन्ने गरिन्छ । बाल्यकालमा नङ फुल्नु नयाँ लुगा लगाउन पाइने सङ्केतको रुपमा बुझ्ने गरिन्थ्यो । खासमा नङमा देखिने सेतो दाग के हो त ? आज हामी यसै विषयमा चर्चा गर्दैछौँ । नङ केही समय फुल्ने र पछि आफैँ हराएर जाने गर्छ ।

    images

    तर कतिपय अवस्थामा नङ फुल्नुले स्वास्थ्यको अवस्था पनि बताउने गर्दछ । चिकित्सकका अनुसार शरीरमा कुनै पनि रोग वा सङ्क्रमण भएमा यसको प्रभाव नङमा देखिन थाल्छ । नङमा सेतो दाग देखिनुको कारण ल्युकोनिचिया भएको चिकित्सकहरू बताउँछन् । यसबाट नङ बिग्रन्छ र रंग पनि परिवर्तन स्वरूप सेतो थोप्लो जस्तो देखिने गर्छ ।

    ल्युकोनिचिया नङको चोटको कारण पनि हुनसक्छ । यस्तो छ नङ फुल्नुको कारण नङमा एलर्जी, फङ्गल सङ्क्रमण, नङको चोट, खनिजको कमीका कारण नङ फुल्ने अर्थात् नङको एक छेउमा सेतो सानो थोप्लो जस्तो देखिन्छ ।

    यसको कारणका रूपमा पछिल्लो समय प्रयोग गरिने शृङ्गार जसमा कृत्रिम नङको प्रयोग, नेल पोलिस, ग्लोस र नेल पोलिस रिमूभरको एलर्जीले पनि नङमा सेतो दाग देखिन सक्छ । त्यस्तै फङ्गल इन्फेक्सन, शरीरमा खनिज वा भिटामिनको कमी र क्याल्सियमको कमीको कारण पनि नङमा सेतो दाग देखिन सक्छ ।

    images

    नङमा आउने सेतो धब्बाले शरीरमा प्रोटिन, जिंक र भिटामिन बी को कमी दर्शाउँछ । यसको अलावा नङमा सेतो धब्बा किड्नी वा कलेजोसँग जोडिएको बिरामीको संकेत गर्दछ । यो ब्लड प्रेसर, हड्डीको कमजोरी र तनावका कारणले पनि हुने गर्दछ । यदि तनावका कारण यो धब्बा आएको भए यसलाई मेडिटेसन मार्फत कम गर्न सकिन्छ ।

    images

    यस्तो बेलामा भिटामिन ई वा लोसनले हातलाई मोइस्चराइज गर्ने, भिटामिन सी युक्त फलफूल खाने । जिंक, आइरन, सल्फरयुक्त खानेकुरा र क्याल्सियम, प्रोटिन, भिटामिनयुक्त खानेकुरा प्रशस्त मात्रामा खान चिकित्सकहरू बताउँछन् । यसका साथै सुन्तलाको जुस, दूध पनि खान सकिन्छ ।

    images
    images

    प्रकाशित :पौष २७, २०८० शुक्रवार - ०८:२८:२४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij