• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


तीन महिनामा ५०० मेगावाट बिजुली थपिँदै : ऊर्जामन्त्री

तीन महिनामा ५०० मेगावाट बिजुली थपिँदै : ऊर्जामन्त्री

images

प्रभाव न्यूज

२१ पौष २०८०
  • 7.2K
    SHARES
  • images
    तीन महिनामा ५०० मेगावाट बिजुली थपिँदै : ऊर्जामन्त्री
    images
    images
    images

    काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले आउँदो १२ वर्षभित्र २९ हजार मेगावाट बिजुली राष्ट्रिय ग्रीडमा जोड्ने गरी सरकारले काम गरिरहेको बताएका छन् ।

    images

    शनिबार काठमाडौंमा नेपाल उद्योग व्यापार महासंघको दोस्रो साधारणसभा उद्घाटन गर्दै उनले मुलुकको ऊर्जा क्षेत्रमा अपेक्षित प्रगति देखिएको बताएका हुन् ।

    सबस्टेसन, प्रसारणलाइन निर्माणलगायत पूर्वाधारमा सरकारको ध्यानकेन्द्रित रहेको उनले उल्लेख गरे ।

    विद्युत् उत्पादनसँगै खपत वृद्धि गर्न मन्त्रिपरिषद्बाट कार्ययोजना समेत पारित भइसकेको उनले जानकारी दिए । पछिल्लो एक वर्षमा ५०० मेगावाट बिजुली थप भएको र आउँदो तीन महिनामा ५०० मेगावाट विद्युत् थपिने उनले बताए ।

    images

    ७८ वर्षमा अढाई सय मेगावाट मात्र बिजुली उत्पादन भएको उनको भनाइ छ ।

    images

    पछिल्लो १५ महिनामा एक हजार मेगावाट विद्युत् उत्पादन गर्न सफल भएको उनले जिकिर गरे । मन्त्री बस्नेतले मुलुकलाई आर्थिक विकास र समृद्धिको दिशातर्फ अघि बढाउन नकारात्मक सोच नभई उत्साहका आवश्यक रहेकामा जोड दिए ।

    images
    images

    प्रकाशित :पौष २१, २०८० शनिवार - १७:५३:०७

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij