• सोमवार, श्रावण ११ गते २०८३

TRENDING :

Logo

Jul 27 2026 | २०८३, श्रावण ११गते


छात्रामाथि बलात्कारको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ

छात्रामाथि बलात्कारको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ

images

प्रभाव न्यूज

९ पौष २०८०
  • 15.7K
    SHARES
  • images
    छात्रामाथि बलात्कारको आरोपमा प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ
    images
    images
    images

    काभ्रे । छात्रामाथि जबरजस्ती करणी गरेको आरोपमा काभ्रेको पाँचखाल जोरपाटी माविका प्रधानाध्यापकसहित दुई शिक्षक पक्राउ परेका छन् ।

    images

    दुई शिक्षकलाई पक्राउ गरेर अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यलय काभ्रेले जनाएको छ । पाँचखाल नगरपालिका वडा नं ६ मा रहेको जोरपाटी माविको कक्षा ९ मा पढ्ने छात्रामाथि शिक्षकले होटेलमा लगेर गत कात्तिक ११ गते करणी भएको घटना बाहिरिएपछि उनीहरु पक्राउ परेका हुन् ।

    प्रधानाध्यापक गणेशमान गुरुङ र शिक्षक मच्छेनारायण श्रेष्ठ पक्राउ परेको प्रहरीले जानकारी दिएको छ । पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलले विद्यालय अनुगमन गर्ने क्रममा सो घटनाको रहस्य खुलेको हो ।

    विद्यालयका प्रधानाध्यापकले घटना लुकाउन भूमिका खेलेको र छात्रालाई अश्लील सन्देशसमेत पठाएको खुलेको छ । करिब २ महिना अगाडि घटेको घटना बाहिरिएसँगै मेयरले शिक्षक र प्रधानाध्यापकलाई प्रहरीको जिम्मा लगाएका हुन् । मेयर खरेलले छात्राको स्वास्थ्य जाँच गर्न निर्देशन दिनुका साथै अभिभावकलाई सुरक्षाको प्रत्याभूति दिलाउने प्रतिबद्धतासमेत जनाएका छन् ।

    images

    खरेलकै रोहवरमा विद्यालय व्यवस्थापन समितिको बैठक बसी प्रधानाध्यापकलाई बर्खास्त गरी विद्यालयमा कार्यवाहक प्रधानाध्यापकसमेत तोकिएको छ। मेयर खरेलले आफ्नो साढे ६ वर्षको अवधिमा पहिलो पटक शिर निहुरिएको बताए ।

    images

    यस्तो जघन्य अपराध गर्ने शिक्षकलाई तुरुन्तै बर्खास्त गर्न शिक्षा विभागलाई अनुरोधसमेत गरेका छन् । पक्राउ परेका दुवै शिक्षक जिल्ला प्रहरी कार्यालय काभ्रेको अनुसन्धानमा रहेको प्रहरी प्रवक्ता डीएसपी राजकुमार श्रेष्ठले जनाकारी दिएका छन् ।

    यसैबीच नेपाल विद्यार्थी संघ काभ्रे र अनेरास्ववियुले पनि विज्ञप्ति जारी गर्दै घटनाको सत्य तथ्य छानबिन गर्न तथा दोषीलाई कडा कारबाहीको माग गरेका छन् ।

    images
    images

    प्रकाशित :पौष ९, २०८० सोमवार - १२:५१:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij