• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


हलेसी तुवाचुङमा निःशूल्क शिविर – ६४ जनाले देखे आँखा

हलेसी तुवाचुङमा निःशूल्क शिविर – ६४ जनाले देखे आँखा

images

प्रभाव न्यूज

७ पौष २०८०
  • 9.7K
    SHARES
  • images
    हलेसी तुवाचुङमा निःशूल्क शिविर – ६४ जनाले देखे आँखा
    images
    images
    images

    खोटाङ– खोटाङमा ६४ जनाले आँखा देखेका छन्। ९१ जना मोतीविन्दुका बिरामीमध्ये अप्रेसनमार्फत ६४ जनाले पूर्णरुपमा आँखा देखेका हुन् ।

    images

    जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा आयोजना गरिएको तीन दिने निःशूल्क आँखा शिविरमा ५ सय ९० जनाले सेवा लिएका छन्।

    शिविरमा २७ जनाको आँखामा मासु पलाएको, मासुको ढल्लो देखिएकोले माइनर अप्रेसन गरिएको जनाइएको छ। ४ सय बढीलाई निःशूल्क औषधि तथा १ सय ५० बढीलाई निःशूल्क चस्मा वितरण आँखा तथा कान उपचार केन्द्र हलेसीका प्रमुख सुरेन्द्र श्रेष्ठले बताए।

    अप्रेसन गरिएको ९१ जनलाई कालो चस्मा पनि निःशूल्क प्रदान गरिएको उनको भनाई छ। शिविरमा हलेसी तुवाचुङ नगरपालिकासँगै छिमेकी पालिकाहरु रावा बेसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुइचुम्मा, सोकला गाउँपालिका लगायत अन्य पालिकासँगै ओखलढुंगा, उदयपुर जिल्लाका विरामीहरु सहभागि भएका थिए।

    images

    आँखाको समस्या भएका नागरिकहरुको सहजताका लागि हलेसीमा आयोजना गरिएको निःशूल्क आँखा शिविर हलेसी तुवाचुङ नगरपालिका, नेपाल नेत्र ज्योती संघ खोटाङ, आँखा तथा कान उपचार केन्द्र हलेसी र आँखा उपचार केन्द्र सहयोग समितिले आयोजना गरेको हो।

    images

    शिविरमा प्राविधिक सहयोग सगरमाथा चौधरी आँखा अस्पताल लाहानको रहेको छ। हलेसी तुवाचुङ नगरपालिकाका नगरपालिकाकी नगर प्रमुख विमला राईले औपचारिक उद्घाटन गरेको शिविरमा नागरिकको स्वास्थ्य उपचारका लागि आँखा शिविरसँगै विभिन्न कार्यक्रम गरेको बताइन्।

    पाठेघरको समस्या भएका महिलाहरुको निःशूल्क अप्रेसनदेखि नगर अस्पताल सञ्चालन गरेर बिमा गर्ने र बिमाको उपचार हुने व्यवस्था मिलाउनेसम्मको स्वास्थ्य क्षेत्रमा काम गरिरहेको उनको भनाई छ।

    हसीमा लगातार दोस्रो वर्ष आँखा शिविर आयोजना गरिएको हो। अघिल्लो वर्ष भएको आँखा शिविरमा ७ सय ६५ जनाले निःशूल्क आँखा परीक्षण गराएका थिए। जसमध्ये ७६ जनाको अप्रेसन भएको थियो।

    images
    images

    प्रकाशित :पौष ७, २०८० शनिवार - २१:२४:०९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij