• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


खोटाङमा पुःन थपिए दुई संक्रमित

खोटाङमा पुःन थपिए दुई संक्रमित

images

प्रभाव न्यूज

२१ बैशाख २०७८
  • 10.5K
    SHARES
  • images
    खोटाङमा पुःन थपिए दुई संक्रमित
    images
    images
    images

    खोटाङमा थप दुई जनालाई कोरोना संक्रमण पूष्टी भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ दिक्तेलका पाण्डे थरका एक जना र दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका गुरुङ थरका एक जना पुरुषलाई कोरोना संक्रमण पूष्टी भएको हो । मंगलबार जिल्ला अस्पताल खोटाङमा चार जनाको एन्टीजेन परिक्षण गर्दा दुई जनालाई कोभिड–१९ पुष्टी भएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दिपनारायण रिजालले बताए । संक्रमण पूष्टी भएका दुबै पुरुषलाई होम आइसोलेसनमा राखिएको छ । पाण्डे थरका पुरुष भने केही समयअघि आफन्तको विवाहमा भारत पुगेर फर्किएको जनाइएको छ । गुरुङ भने पेशाले चालक हुन् । दुई संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा परेका अन्य व्यक्तीको पनि एन्टीजेन परिक्षण गर्ने तयारी गरिएको मेयर रिजालले बताए । जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को बैठकको निर्णय अनुसार मंगलबारदेखि जिल्ला अस्पतालमा एन्टीजेन परिक्षण सुरु गरिएको हो ।

    images

    images
    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - १८:३६:२३

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij