• शुक्रवार, आश्विन २ गते २०८३

TRENDING :

Logo

Sep 18 2026 | २०८३, आश्विन २गते


चट्याङ लागेर प्रहरीचौकीका प्रमुखको मृत्यु

चट्याङ लागेर प्रहरीचौकीका प्रमुखको मृत्यु

images

प्रभाव न्यूज

२१ बैशाख २०७८
  • 14.9K
    SHARES
  • images
    चट्याङ लागेर प्रहरीचौकीका प्रमुखको मृत्यु
    images
    images
    images

    झापा - झापाको भद्रपुर नगरपालिका–२ मा रहेको किच्चकबध प्रहरीचौकीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक महादेव ठाकुरको चट्याङ लगेर मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी राकेश थापाका अनुसार सोमबार राति १०ः५५ बजेतिर गस्तीमा रहेको अवस्थामा उनी चट्याङ लागेर घाइते भएका थिए । तत्कालै भद्रपुरको ओमसाई पाथीभरा अस्पताल पुर्‍याउँदा चिकित्सकले मृत्यु भइसकेको जानकारी गराएका थिए । प्रहरी सहायक निरीक्षक ठाकुर ४७ वर्षका थिए । भारतसँगको सीमानजिक रहेको उक्त अस्थायी प्रहरीचौकीको टोली साइकल गस्तीमा निस्किएको थियो । हावाहुरी र भारी वर्षासँगै परेको चट्याङले ठाकुरलाई लागेको थियो । गस्तीमा खटिएका अरु प्रहरीहरु सुरक्षित नै छन् । रासस

    images

    images
    images

    प्रकाशित :बैशाख २१, २०७८ मंगलवार - ११:२०:५९

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij