खोटाङ- खोटाङमा बियरको बोतल र मुङ्ग्रोले हानी घाइते बनाउनेलाई प्रहरीले पक्राउ गरेको छ।
प्रहरीका अनुसार भाइटीकाको दिन खोटेहाङ गाउँपालिका-२ वाप्लुखाका ३६ वर्षका दिलाराम राई पक्राउ परेका हुन।
मादक पदार्थ सेवन गरेका दिलारामले सोही ठाउँका ४७ वर्षका थाम बहादुर राईलाई अन्दाजी साझ ७:१५ मा बियरको बाेतलले टाउकोमा हानि घाईते बनाएका थिए।
घाइते बनाएको खबर प्रहरी चौकी वाप्लुखामा प्राप्त हुन साथ वाप्लुखा प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोलि खटि गई नियन्त्रणमा लिईएको हो।
घाईतेलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र खोटाङबजारमा ल्याई सामान्य उपचार पश्चात थप उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगिएको र अबस्था बोल्न सक्ने रहेको छ।
यस्तै, हिजै प्रहरीले बराहपोखरी गाउँपालिका-४ फाक्टाङ मलबासेका २८ वर्षका बिजय राईलाई पक्राउ गरेको छ।
मादक पदार्थ सेवन गरेका उनले सोही स्थानका ३५ वर्षका भुबन राईलाई साझ ७ बजे कोदो कुट्ने मुङ्ग्रोले टाउकोमा हानी घाइते बनाएका थिए।
घाइते बनाएको खबर प्रहरी चौकी हुक्नाजोरमा प्राप्त हुन साथ प्रहरी सहायक निरीक्षकको कमाण्डमा टोलि खटि गई निज कुटपिट गर्ने बिजयलाई नियन्त्रणमा लिईएको छ।
घाईतेलाई उपचारको लागि जिल्ला अस्पताल उदयपुर लगेकोमा सामान्य उपचार पश्चात सिटि स्क्यानका लागि सप्तरीको राजबिराजस्थित छिन्नमस्त अस्पताल लगिएको छ ।
घाईतेको अबस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय खोटाङका सूचना अधिकारी टीका बरालले जानकारी दिए।