खोटाङमा बालिकालाई जबर्जस्ती करणी प्रयास गरेको आरोपमा एक जना पुरुष पक्राउ परेका छन्।
पक्राउ पर्नेमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल तालखर्कका २१ वर्षीय प्रकाश पुरी छन्।
पुरीले ११ कार्तिकमा तालखर्कमै सानिआमा नाता पर्नेको घरमा आई बसेकी ९ वर्षीया बालिकालाई घरमा अभिभावकहरु नभएको अवस्थामा जबर्जस्ती करणी प्रयास गरेको भनि अस्थाई प्रहरी चौैकी तालखर्कमा जानकारी आएको थियो।
प्रहरीमा जानकारी आउनसाथ तालखर्कबाट प्रहरी टोली खटि पुरीलाई सोही दिन नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रमुख प्रहरी नायब उपरिक्षक पुरुषोत्तम खड्काले बताए।
पुरीलाई हिरासतमा राखेर आवश्यक अनुसन्धान गरिरहेको प्रनाउ खड्काले जानकारी दिए।