काठमाडौँ - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल र उहाँकी धर्मपत्नी इन्दिरा फुयाँललाई कोरोना संक्रमण पुष्टि भएको छ। मन्त्री ढकालको सचिवालयका अनुसार उनीहरुको आइतबार गरिएको स्वाब परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो। दुवै जना अहिले निवासमा आइसोलेसनमा रहेको सचिवालयले जनाएको छ । पर्यटनमन्त्री रामनवमीका दिन माडीमा हजारौँ मानिसको सहभागितामा आयोजित राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गर्ने कार्यक्रममा प्रमुख अतिथिका रुपमा सहभागी हुनुभएको थियो ।