• बुधवार, भाद्र ३१ गते २०८३

TRENDING :

Logo

Sep 16 2026 | २०८३, भाद्र ३१गते


अन्धविश्वासमा पर्दा इञ्जिनियरकै श्रीमती बलात्कृत, मसानघाटमा लगेर बलात्कार गर्ने धामी पक्राउ

अन्धविश्वासमा पर्दा इञ्जिनियरकै श्रीमती बलात्कृत, मसानघाटमा लगेर बलात्कार गर्ने धामी पक्राउ

images

प्रभाव न्यूज

१२ कार्तिक २०८०
  • 18.0K
    SHARES
  • images
    अन्धविश्वासमा पर्दा इञ्जिनियरकै श्रीमती बलात्कृत,  मसानघाटमा लगेर बलात्कार गर्ने धामी पक्राउ
    images
    images
    images

    जनकपुरधाम- झारफुक गरी भूत भगाइदिने भन्दै महिलालाई बलात्कार गरेको आरोपमा धामी पक्राउ परेका छन् ।

    images

    पक्राउ पर्नेमा धनुषाको सबैला नगरपालिका- ११ का ३५ वर्षीय विष्णुदेव ठाकुर छन् ।

    पीडितले दिएको उजुरीको आधारमा उनलाई कार्तिक १० गते पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता डीएसपी रञ्जन अवाले जानकारी दिए ।

    स्रोतका अनुसार भूतले छोप्न आउने गरेको भन्दै पीडित महिलाले धामी गुहारेकी थिइन्। धामीले दसैँको महाअष्टमीको दिन झारफुक गरेपछि भूत भाग्ने आश्वासन दिए ।

    images

    सोही दिन धामीले राति सबैलाकै एक मसानघाटमा लगेर महिलालाई बलात्कार गरेको प्रहरीले जनाएको छ ।

    images

    पीडित महिला विवाहित छन्। उनका श्रीमान इन्जिनियर छन्। तर, अन्धविश्वासमा परेपछि उनी बलात्कारको शिकार भइन्।

    झारफुक गराउन इन्जिनियर आफैं श्रीमतीलाई लिएर धामीकहाँ पुगेका थिए। धामीले भने गोप्य ठाउँमा झारफुक गर्नुपर्छ भनेर महिलालाई एक्लै मसानघाट लगेका थिए।

    मसानघाटमा धामीले बलात्कार गरेपछि महिला बेहोस भइन्। त्यसपछि धामी भागे। समय धेरै लागेपछि खोज्न गएका श्रीमानले श्रीमतीलाई बेहोस अवस्थामा फेला पारे र अस्पताल लगेका थिए।

    डीएसपी अवाले घटनाका विषयमा थप अनुसन्धान अगाडि बढाइएको बताए ।

    images
    images

    प्रकाशित :कार्तिक १२, २०८० आइतवार - १५:४१:०१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij