खोटाङमा श्रीमानले चिरपट प्रहार गर्दा श्रीमतीको मृत्यु भएको छ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ दिक्तेल लालिखर्क फलाँटेका ४० वर्षीय दावा शेर्पाले मादक पदार्थ सेवन गरी आफ्नै श्रीमती ३६ वर्षीया लाक्पा डिकु शेर्पालाई चिरपट प्रहार गर्दा श्रीमतीको ज्यान गएको प्रहरीले जनाएको छ।
मादक पदार्थ सेवन गरेका दावा र श्रीमतीविच सामान्य वादविवाद हुँदा आज विहीबार साँझ अन्दाजी ७ बजे चिरपट प्रहार गरेका श्रीमतीको शव घरदेखि अन्दाजी २०० मिटर टाढा गोरेटो बाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए।
श्रीमतीमाथि चिरपट प्रहार गर्ने श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ।