• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति

images

प्रभाव न्यूज

७ माघ २०७७
  • 13.5K
    SHARES
  • images
    कपास उद्योगमा आगलागी हुँदा १२ लाखको क्षति
    images
    images
    images

    झापाको भद्रपुर–५ झापा चोकस्थित कपास उद्योगमा आगलागी हुँदा रु १२ लाख बराबरको क्षति भएको छ ।

    images

    मङ्गलबार बेलुका सोही वडाका रामचन्द्र सहनीले सञ्चालन गरेको कपास उद्योगमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक राकेश थापाले जानकारी दिनुभयो ।

    उहाँका अनुसार कपास उद्योगमा कपास पेल्ने क्रममा कपासमा मिसिएर आएको ढुङ्गाका कारण मेसिनमा खराबी आएर अचानक आगलागी भएको हो ।

    आगलागीबाट कपास पेल्ने मेसिन एक थान र ५७ बोरा तयारी कपास पूर्णरूपमा जलेर नष्ट भएको छ । स्थानीयवासी, प्रहरी र भद्रपुर नगरपालिकाको दमकलको सहयोगमा आगो निभाइएको थियो ।

    images

    images
    images

    प्रकाशित :माघ ७, २०७७ बुधवार - ०८:४९:०४

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij