• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


नढाेगेको भन्दै कुटपिट गर्दा ओलीको मृत्यु, एक पक्राउ, एक फरार

नढाेगेको भन्दै कुटपिट गर्दा ओलीको मृत्यु, एक पक्राउ, एक फरार

images

प्रभाव न्यूज

८ कार्तिक २०८०
  • 11.9K
    SHARES
  • images
    नढाेगेको भन्दै कुटपिट गर्दा ओलीको मृत्यु, एक पक्राउ, एक फरार
    सांकेतिक तस्विर
    images
    images
    images

    सुर्खेत- ढाेग (दर्शन) नगरेको भन्दै कुटपिट गर्दा सल्यानमा एक जनाको मृत्यु भएकाे छ।

    images

    मृत्यु हुनेमा बागचौर नगरपालिका -७ कोटबारा पुरानछाप निवासी २० वर्षीय घनश्याम ओली रहेका छन्।

    उनलाई छिमेकी गाउँ स्याँलाका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओलीले ४ कार्तिकमा कुटपिट गरेका थिए। सोही दिन गाउँको भलिबल खेल्ने मैदानमा सहभागी सबैजना सहभागी थिए। स्याँला गाउँबाट आएका केशर र सन्ताेषले घनश्यामलाई हामीहरू तेरो दाई पर्छौं ढोग गर भनेर भनेका थिए। तर, घनश्यामले ढाेग दिएनन्। त्यसपछि उनीहरूले कुटपिट गरेका थिए।

    जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी नायव उपरीक्षक नवीन कार्कीका अनुसार घाइते हुनेगरी कुटपिट गरेपछी घनश्यामकाे उपचारका क्रममा बुधबार भारतको लखनउमा मृत्युु भएकाे छ।

    images

    परिवारले घनश्यामकाे स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि दसैंकाे अघिल्लो दिन बागचौर स्थित जनप्रिय मेडिकलमा पुर्‍याएका थिए।

    images

    डाक्टरले शरीर भित्र रगत जमेको र यहाँ उपचार सम्भव नहुने बताएपछि नेपालगञ्ज हुँदै भारतमा लागेको प्रहरी प्रमुख कार्कीले बताए। कार्कीका अनुसार कुटपिट गर्ने सन्तोष ओलीलाई दाङबाट पक्राउ गरिएको छ भने केशर फरार छन्। घटनाबारे अनुसन्धान भइरहेको उनले बताए।

    images
    images

    प्रकाशित :कार्तिक ८, २०८० बुधवार - २०:३०:१२

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij