• बिहिवार, आश्विन १ गते २०८३

TRENDING :

Logo

Sep 17 2026 | २०८३, आश्विन १गते


भोजपुरमा बलात्कारपछि सात वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक पक्राउ

भोजपुरमा बलात्कारपछि सात वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक पक्राउ

images

प्रभाव न्यूज

४ कार्तिक २०८०
  • 12.6K
    SHARES
  • images
    भोजपुरमा बलात्कारपछि सात वर्षीया बालिकाको हत्या, २१ वर्षीय युवक पक्राउ
    images
    images
    images

    भोजपुर- भोजपुरमा सात वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको छ । शनिबार बिहान आमचोक गाउँपालिका-६ टेङलुङछुकको जंगलको गुफामा सात वर्षीया नाबालिकाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरीक्षक सुदीपराज पाठकले बताए ।

    images

    बालिकालाई बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही स्थानका २१ वर्षीय दीपचन्द्र राईलाई पक्राउ गरेको छ । नाबालिका बिहीबार साँझदेखि हराइरहेकी थिइन् । परिवारले आफ्नी खेलिरहेको छोरी हराएको भन्दै फोनमार्फत प्रहरीलाई खबर गरेपछि शुक्रबार इलाका प्रहरी कार्यालय बयाङ र इलाका प्रहरी कार्यालय घोडेटारबाट २५ जनाको टोलीली खोज तलासी गरेको थियो।

    अनुसन्धानमा अन्तिमपटक ती बालिका र उनको छिमेकी दीपचन्द्रको भेट भएको खुलेपछि उनीमाथि अनसन्धान गरिएको थियो ।

    डीएसपी पाठक भन्छन्, ‘शरीरमा घाउहरू देख्यौं । त्यसपछि कसरी भयो भनेर सोध्दा घाँस काट्न जाँदा भएको भन्ने जवाफ आएपछि थप केरकार गरे पछि उनले घटना घटाएको स्वीकारे ।’

    images

    दीपचन्द्रले भनेको स्थानमै प्रहरीले ती बालिकाको शव भेटाएको छ । शरीरको तल्लो भागका कपडाहरू खुला अवस्थामा ती बालिको शव फेला परेको थियो । बालिकको शव पोस्टमार्टमका लागि धरान पठाइएको प्रहरीले जनाएको छ ।

    images

    images
    images

    प्रकाशित :कार्तिक ४, २०८० शनिवार - १७:३०:२१

    प्रतिक्रिया

    images
    images

    Copyright © Copyright © 2021 All right reserved to Prabhav News Site By: sobij